यस्तो छ आगामी तीन दिनको मौसम पूर्वानुमान

नेपालभ्युज

यस्तो छ आगामी तीन दिनको मौसम पूर्वानुमान
फाइल तश्वीर

काठमाडौं ।आगामी तीन दिन देशभर हल्कादेखि मध्यमखालको वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार यतिबेला पश्चिमी वायु, स्थानीय वायुका साथै भारतको बिहार आसपास बनेको न्यून चापीय प्रणालीको प्रभाव देखिएको छ ।

आज राति देशभर आंशिकदेखि साधारणतया बदली रहने महाशाखाले जनाएको  छ । कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा मेघगर्जन, चट्याङ, हावाहुरीसहित हल्कादेखि मध्यम वर्षा हुने बताइएको छ ।

उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाको पूर्वानुमान छ ।

बुधबार दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनुका साथै पहाडी र तराईका थोरै स्थानमा मेघगर्जन, चट्याङ, हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

बिहीबार दिउँसो पनि देशभर आंशिकदेखि साधारणतया बदली रहने बताइएको छ । पहाडी भू–भागको थोरै स्थानमा मेघगर्जन, चट्याङ, हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । साथै तराईका एक–दुई स्थानमा मेघगर्जनसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । यस्तै बिहीबार देशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको पनि जनाएको छ ।

अहिले बागमती र कोशी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको महाशाखाले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved