राखेपको कार्यकारी अधिकार मन्त्रालयका सहसचिव पोखरेललाई

नेपालभ्युज

राखेपको कार्यकारी अधिकार मन्त्रालयका सहसचिव पोखरेललाई

काठमाडौं। राष्ट्रिय खेलकुद परिषद (राखेप) को कार्यकारी अधिकार कमल प्रसाद पोखरेलले पाएका छन्। मंगलबारको मन्त्री परिषद् बैठकको निर्णयअनुसार युवा तथा खेलकुद मन्त्रालयका सहसचिव पोखरेलले कार्यवाहक सदस्य सचिवको जिम्मेवारी पाएका हुन्।

नयाँ सरकार आएपछि राखेपका तत्कालीन सदस्यसचिव रमेशकुमार सिलवाललाई युवा तथा खेलकुदमन्त्री गहतराजले पदमुक्त गरेका थिए। यसपछि नयाँ सदस्य सचिवको रूपमा टंकलाल घिसिङ नियुक्त भएका थिए। तर यो निर्णयको विरोधमा सिलवाल कानूनी उपचारका लागि अदालत पुगे।

अदालतले भने सिलावललाई पदमुक्त गरेको र घिसिङलाई नियुक्त गरेको दुवै निर्णय हाल यथास्थितिमा राख्न भनेपछि नेपाली खेलकुदको सम्पूर्ण आर्थिक तथा प्रशासनिक काम रोकिएको थियो। जसको निकासका लागि मन्त्रिपरिषद्ले यो वैकल्पिक व्यवस्था गरेको हो।

मन्त्रिपरिषद्को बैठकले राखेप सदस्यसचिवको अनुपस्थितिमा उनमा निहीत रहेको सम्पूर्ण आर्थिक तथा प्रशासनिक अधिकार राखेपका अध्यक्षले राखेपकै वरिष्ठ कर्मचारी वा मन्त्रालयका महाशाखा प्रमुखलाई दिनसक्ने निर्णय गरेको थियो।

सोही निर्णयअनुसार नै राखेपका अध्यक्ष समेत रहेका युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराजले मन्त्रालयका सहसचिव कमलप्रसाद पोखरेललाई राखेपको आर्थिक तथा प्रशासनिक अधिकार प्रदान गरेका हुन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved