नेपाली क्रिकेट टिम विश्वकप छनोट खेल्न आज ओमान जाँदै

नेपाली टिमलाई पहिलोपटक नयाँ कप्तान सन्दीप लामिछानेले नेतृत्व गर्दैछन्। नेपालले यसअघि सन् २०१४ मा पहिलो र एकमात्र विश्वकपको रुपमा टी-ट्वान्टी विश्वकप खेलेको थियो।

नेपालभ्युज

नेपाली क्रिकेट टिम विश्वकप छनोट खेल्न आज ओमान जाँदै

काठमाडौं। टी-ट्वान्टी विश्वकप क्रिकेटको छनोट प्रतियोगिता खेल्न नेपाली राष्ट्रिय क्रिकेट टिम आज ओमान प्रस्थान गर्दैछ।

यसैवर्ष अक्टोबरमा अष्ट्रेलियामा आयोजना हुने टी-ट्वान्टी विश्वकपमा खेल्ने आत्मविश्वासमा साथ १७ खेलाडीसहितको नेपाली टिम आज मंगलबार साँझ ओमान जान लागेको हो।

क्लोज क्याम्पमा १६ खेलाडी रहे पनि कोभिडको सम्भावित असरका कारण एक खेलाडी थप गरेर नेपाली टोली ओमान जान लागेको हो। थपिएका खेलाडी युवा स्पिनर सागर ढकाल हुन्। सागरले पहिलोपटक राष्ट्रिय टिममा स्थान बनाएका हुन्।

नेपाली टिमलाई पहिलोपटक नयाँ कप्तान सन्दीप लामिछानेले नेतृत्व गर्दैछन्। नेपालले यसअघि सन् २०१४ मा पहिलो र एकमात्र विश्वकपको रुपमा टी-ट्वान्टी विश्वकप खेलेको थियो।

त्यो बेला विश्वकपसम्म पुर्याएका प्रशिक्षक पुबुदु दासानायके नै हाल पनि नेपाली टिमका प्रमुख प्रशिक्षक हुन्।

क्यान र खेलाडीबीचको आन्तरिक विवाद र प्रशिक्षक पुबुदुको छनोटको ढिलाइका कारण नेपाली टिमल यो छनोटका लागि करिब एक महीनाको छोटो तयारी मात्र गर्न पायो।

नेपालसहित आठ टिम सहभागी छनोट प्रतियोगितामा फाइनल पुग्ने दुई टिम विश्वकपको लागि छनोट हुनेछन्।

लिग कम नक आउटका आधारमा खेलाइने छनोट प्रतियोगितामा नेपालले समूह चरणमा ६ फागुनमा आयोजक ओमान, ७ गते फिलिपिन्स् र ९ गते क्यानडासँग प्रतिस्पर्धा गर्नेछ।

अर्को समूहमा आयरल्याण्ड, यूएई, जर्मनी र बहराइन रहेका छन्। दुवै समूहका शीर्ष दुई टिमले सेमिफाइनल खेल्नेछन् भने सेमिफाइनलका विजेता दुई टिमले फाइनलको यात्रासँगै विश्वकपमा स्थान सुरक्षित गर्नेछन्।

त्यसअघि, यो छनोट प्रतियोगिताका लागि नेपालको अन्तिम तयारी भने ओमानमा नै हुनेछ। प्रतियोगिता अघि नेपालले ओमानमा नै तयारीका लागि चारदेशीय टी—ट्वान्टी श्रृंखला खेल्दैछ।

यो अभ्यास श्रृंखलामा नेपालले आउँदो शुक्रबार आयोजक ओमान, शनिबार यूएई र सोमबार आयरल्याण्डसँग प्रतिस्पर्धा गर्नेछ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved