मौरिसससँगको दोस्रो खेलमा पनि नेपाल विजयी, पेनाल्टी रोके किरणले (तस्वीरहरू)

नेपालभ्युज

मौरिसससँगको दोस्रो खेलमा पनि नेपाल विजयी, पेनाल्टी रोके किरणले (तस्वीरहरू)

काठमाडौं । मौरिसससँगको दोस्रो खेलमा पनि नेपाल विजयी भएको छ। आज मंगलबार भएको दोस्रो मैत्रीपूर्ण खेलमा पनि नेपाल १-० ले विजयी भएको हो।

नेपालका लागि १० औं मिनेटमा मिडफिल्डर सुजल श्रेष्ठले गोल गर्दै नेपालको जित सुनिश्चित गरे। पहिलो हाफमा लिएको अग्रता जोगाउँदै नेपालले मौरिसससँग दोस्रो खेलमा पनि जित दर्ता गर्न सफल भयो।

नेपालका खेलाडीले मौरिससका खेलाडीलाई पेनाल्टी डिबक्समा लडाएपछि पाएको पेनाल्टी मौरिससले सदुपयोग गर्न सकेन। नेपालका कप्तान तथा गोलकिपर किरण लिम्बूले उत्कृष्ट बचाउ गरे। उनले रोकेको बल उनै सुजल श्रेष्ठले क्लियर गरि मैदानबाहिर पठाइदिएपछि नेपालको संकट टरेको थियो।

दोस्रो हाफमा निकै उत्कृष्ट प्रदर्शन गरेको मौरिससले गोल गर्ने निकै अवसर पाए पनि नेपालका गोलकिपर किरण चेम्जोङ बाधक बनेका थिए। नेपालले भने पहिलो हाफको तुलनामा दोस्रो हाफमा खासै गतिलो प्रदर्शन गर्न सकेन।

त्यसअघि त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मंगलबार भएको खेलको छैटौं मिनेटमा दर्शन गुरुङले पेनाल्टी बक्सबाहिरबाट गरेको प्रहार पोस्टमाथिबाट धेरै आकाशिएको थियो। सातौं मिनेटमा पनि मौरिससका लिन्स्ले ब्रासीको प्रहारले पोस्टको दिशा लिन सकेको थिए।

७० औं मिनेटदेखि ७३ मिनेटमा खेल केही समय तनावग्रस्त बनेको थियो। नेपालका पुजन उपरकोटी रातो कार्ड खाँदै मैदान बाहिर हुन पुगेपछि नेपाल १० खेलाडीमा सीमित भएको थियो भने मौरिससका भने दुई जना खेलाडीले रातो कार्ड पाएका थिए।

आजको खेलमा नेपाल गोलरक्षक तथा कप्तान किरण चेम्जोङको कप्तानी उत्रँदा अग्रपंक्तिमा अन्जन विष्ट,आशीष लामा र दर्शन गुरुङले स्थान पाए। अघिल्लो खेलमा गोल गरेका विमल घर्तीमगर सब्सिच्युट रहे। मिडफिल्डबाट एरिक विष्ट, पुजन उपरकोटी र तेज तामाङले खेले।

डिफेन्समा दिनेश राजवंशी, देवेन्द्र तामाङ र सुजल श्रेष्ठ रहे। अघिल्लो खेलमा नेपालको डिफेन्स सम्हालेका गौतम श्रेष्ठ र सुमन अर्याल बेञ्चमा रहँदा डिफेन्डर नवीन गुरुङले डेब्यु गरे।

निर्धारित ९० मिनेटपछि अतिरिक्त ८ मिनेटका लागि समय थप गरिए पनि लाइटका कारण सात मिनेट खेल रोकिएपछि रोकिएको सातै मिनेट खेल सञ्चालन गरिएको थियो।

यअसघि १५ गते भएको खेलमा पनि नेपाल १-० ले विजयी भएको थियो। उक्त खेलमा विमल घर्तीमगरले दोस्रो हाफमा निर्णायक गोल गरेका थिए।

 

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved