रामचन्द्र पौडेललाई तीन प्रश्न

एमसीसीबारे प्रचण्डजी, माधवजी पनि नकारात्मक हुनुहुन्न : पौडेल

एमसीसी सम्झौता गर्दा नेपालको कुन चाहिँ कम्युनिष्ट नेता, कुन चाहिँ मन्त्री, कम्युनिष्ट सरकार अछुतो छ ? सबैले गरेकै हुन् त !

नेपालभ्युज

एमसीसीबारे प्रचण्डजी, माधवजी पनि नकारात्मक हुनुहुन्न :  पौडेल

सत्तारुढ गठबन्धन समन्वय समितिको बैठकमा एमसीसी पास गर्ने सहमति भएको हो ?
गठबन्धन बैठकमा एमसीसी पास गर्ने सम्बन्धमा पोजेटिभ धारणा नै बढी छन् । मैले जानेको त्यत्ति हो ।

प्रचण्डजी, माधवकुमार नेपालजी पनि पास गर्न सहमत हुनुभएको हो त ?
उहाँहरूले गरेको सम्झौता हो यो । उहाँहरूले पास नगरेर के गर्नुहुन्छ त ? उहाँहरूले गरेको सम्झौता होइन यो ? कम्युनिष्टका मुख्य नेताहरूले गरेको होइन यो ? अमेरिकासँग एमसीसी सम्झौता गर्दा खेरी नेपालको कुन चाहिँ कम्युनिष्ट नेता, कुन चाहिँ मन्त्री, कम्युनिष्ट सरकार अछुतो छ ? सबैले गरेकै हुन् त ! अहिले यसो त्यसो भनेर हुन्छ ? अहिले भारतको बजार उम्किन दिने हो कि के गर्ने हो ? यसमा के धेरै कुरा गर्नु ? ‘कनिङ’ हुन्छन् नि, तपाईंलाई थाहा छ नि त ! विकास हुन लागेको देशलाई घरङ्‍घाट पुर्याउन हुन्छ ?

तपाईंहरूले यसोभन्दा प्रचण्डजी, माधवजी के भन्नुहुन्छ त ?
उहाँहरूले भनेका सबै चिज मैले तपाईंलाई भन्न पर्छ ? नकारात्मक हुनुहुन्न, त्यत्ति हो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप अन्तर्वार्ता

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved