विमलको गोलमा नेपालले लियो अग्रता

नेपालभ्युज

विमलको गोलमा नेपालले लियो अग्रता

काठमाडौं । विमल घर्तीमगरको गोलमा नेपालले मौरिससविरुद्ध मैत्रीपूर्ण खेलमा अग्रता बनाएको छ। विमलले खेलको ५४ औं मिनेटमा गोल गरे। विमल लामो समयपछि नेपाली राष्ट्रिय टिममा परेका हुन्।

विमललले अन्जन विष्टको पासमा गोल गरेका हुन्। यसअघि पहिलो हाफमा नेपालले केही राम्रा मुभ बनाए पनि गोल गर्न सकेको थिएन। मौरिससले पनि पहिलो हाफमा नेपालको भन्दा राम्रो प्रदर्शन गरेको थियो। यद्यपि ऊ पनि गोल गर्न चुकिरहेको छ। नेपाल र मौरिसस पहिलो पटक भिड्दैछन्। मौरिससले करिब दुई वर्षपछि अन्तर्राष्ट्रिय म्याच खेलेको हो।

नेपालको शुरुआती ११ यस्तो छ।

गोलकिपर : किरण लिम्बू

डिफेन्डर : गौतम श्रेष्ठ, दिनेश राजवंशी,देवेन्द्र तामाङ,सुमन अर्याल

मिडफिल्डर : सुरज ज्यु ठकुरी, सुमन लामा, तेज तामाङ

फरवार्ड : अन्जन विष्ट, विमल घर्ति मगर, सुनिल बल


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved