इटहरी उपमहानगरपालिकाद्वारा जेष्ठ नागरिकलाई सम्मान र विपन्नलाई न्यानो कपडा वितरण

नेपालभ्युज

इटहरी उपमहानगरपालिकाद्वारा जेष्ठ नागरिकलाई सम्मान र विपन्नलाई न्यानो कपडा वितरण

सुनसरी । इटहरी उपमहानगरपालिकाले वडा नम्बर १८ का १७ जना जेष्ठ नागरिकलाई सम्मान गरेको छ।  उपमहानगरपालिकाका प्रमुख द्वारिकलाल चौधरी र उपप्रमुख लक्ष्मी गौतमले दोसल्ला ओढाएर उनीहरूलाई सम्मान गरेका हुन्।

सोही कार्यक्रममा १५ जना विपन्न नागरिकलाई जाडोबाट बच्नका लागि ब्ल्याङकेट वितरण समेत गरिएको छ। प्रमुख चौधरी र उपपप्रमुख गौतमले नन्दराज राई, सरिलाला चौधरी, जसबहादुर राई, हर्क विश्वकर्मा, पशुपति विश्वकर्मा, पर्शुराम आचार्य, फागु चौधरी, दाताराम चौधरी, वडरु चौधरी, गोवर्धन चौधरी, गागिन चोैधरी, रत्नमाया खत्री, भतियादेवी चौधरी, पार्वती चौधरी र मानपुर चौधरीलाई ब्ल्याङकेट प्रदान गरिएको हो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved