कांग्रेसको अवरोधपछि प्रतिनिधि सभा बैठक १५ मिनेटका लागि स्थगित

नेपालभ्युज

कांग्रेसको अवरोधपछि प्रतिनिधि सभा बैठक १५ मिनेटका लागि स्थगित

काठमाडौं । प्रतिनिधि सभा बैठक १५ मिनेटका लागि स्थगित भएको छ । नेपाली कांग्रेसले संसदीय छानबिनको माग गर्दै वेल घेराउ गरेपछि सभामुख देवराज घिमिरेले बैठक स्थगित गरेका हुन् ।

शुक्रबारको बैठकमा कांग्रेसका तर्फबाट गगन थापाले संसदीय छानबिनि समितिको माग गरेका थिए । समिति गठन नभए सदनको कामकारबाही अघि बढ्न नसक्ने र त्यसको जिम्मेवार सरकार हुने थापाको चेतावनी थियो ।

थापाको सम्बोधनपछि सभामुखले राष्ट्रपति कार्यालयबाट प्राप्त पत्रहरू वाचन गर्ने प्रयत्न गरेका थिए । तर कांग्रेसले ‘सहकारी पीडितलाई न्याय दे’ भन्दै नाराबाजी गरेपछि बैठक नै स्थगित गरिएको हो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved