गगन थापाको टिप्पणी- महान्यायाधिवक्ता कार्यालय गृहमन्त्रीसामु लम्पसार पर्‍यो

महामन्त्री थापाले बोलेपछि कांग्रेसका सांसदहरूले प्रतिनिधि सभा बैठकमा नाराबाजी गरेका छन् । आ–आफ्नो स्थानमा उभिएका कांग्रेस सांसदहरूले संसदीय समिति छानबिन समिति गठन गर, सहकारी पीडितहरूलाई न्याय दे भनेर नाराबाजी गरे ।

नेपालभ्युज

गगन थापाको टिप्पणी- महान्यायाधिवक्ता कार्यालय गृहमन्त्रीसामु लम्पसार पर्‍यो

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका महान्त्री गगन थापाले महान्यायाधिवक्ता कार्यालय गृहमन्त्री रविलाछिनेसामु लम्पसार परेको टिप्पणी गरेका छन् ।

प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले बुटवल र पोखराको सहकारीबाट लामिछानेले ऋण लिएको देखिँदा क्लिन चिट दिएकोप्रति आपत्ति जनाए ।

थापाले भने, ‘महान्यायाधिवक्ता कार्यालयको दुरुपयोग गर्ने ? ऋण लिएको छैन भन्ने अनि आफैँले ऋण लिएको माग फाराम आइरहेका छन् । ऋण लिएको कुरा देखिसकेको छ । महान्यायाधिवक्ता कार्यालय लम्पसार परिसक्यो । उहाँविरुद्ध मुद्दा चलेको छैन, संलग्न हुनुभएको छैन भन्ने पत्र लेख्न लगाइसकेको छ । यसैले छानबिन समिति गठन हुनुपर्छ । यसैबाट निरूपण हुनुपर्छ ।’
महामन्त्री थापाले बोलेपछि कांग्रेसका सांसदहरूले प्रतिनिधि सभा बैठकमा नाराबाजी गरेका छन् । आ–आफ्नो स्थानमा उभिएका कांग्रेस सांसदहरूले संसदीय समिति छानबिन समिति गठन गर, सहकारी पीडितहरूलाई न्याय दे भनेर नाराबाजी गरे ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved