इंग्लिस प्रिमियर लिग: म्यानचेस्टर सिटीद्वारा चेल्सी पराजित

इंग्लिस प्रिमियर लिग फुटबलमा गएराती म्यानचेस्टर सिटीले चेल्सीलाई १–० ले हराएको छ।

नेपालभ्युज

इंग्लिस प्रिमियर लिग: म्यानचेस्टर सिटीद्वारा चेल्सी पराजित

काठमाडौं। इंग्लिस प्रिमियर लिग फुटबलमा गएराती म्यानचेस्टर सिटीले चेल्सीलाई १–० ले हराएको छ। आफ्नै मैदानमा भएको खेलमा म्यानचेस्टर सिटीलाई विजयी गराउन केभिन डे ब्रायनले ७० औ मिनेटमा गरेको गोल निर्णायक बन्यो।

जितसँगै सिटीले प्रिमियर लिगको अंक तालिकामा दोस्रो स्थानको चेल्सीसँग १३ अंकको अग्रता लिएको छ।

२२ खेलबाट सिटीको ५६ अंक छ भने चेल्सीको ४३ अंक छ।
प्रिमियर लिगकै अर्को खेलमा एस्टन भिल्लाले म्यानचेस्टर युनाइटेडलाई २–२ गोलको बराबरीमा रोकेको छ।
गएराति भएका अन्य खेलहरूमा वुल्भरह्याम्पटन वान्डरर्सले साउथह्याम्पटनलाई ३–१ ले हराउँदा नरिच सिटीले एभर्टनमाथि २–१ को जित निकाल्यो।

यसैगरी, न्युकासल युनाइटेड र वाट्फोर्डले १–१ गोलको बराबरी खेल्दा बर्न्ले र लेष्टर सिटीको खेल कोभिडको कारण रद्द गरियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved