आरसीबी बन्यो प्लेअफमा सबैभन्दा धेरै खेल हार्ने टोली

नेपालभ्युज

आरसीबी बन्यो प्लेअफमा सबैभन्दा धेरै खेल हार्ने टोली

काठमाडौं । आईपीएल एलिमिनेटरमा राजस्थान रोयल्स (आरआर) रोयल च्यालेन्जर्स बेंगलूरु (आरसीबी)लाई ४ विकेटले पराजित गर्दै क्वालिफायर–२ मा प्रवेश गरेको छ ।

अहमदाबादमा राजस्थानले टस जितेर बलिङ रोजेको थियो । बैंगलोरले २० ओभरमा ८ विकेट गुमाएर १७२ रन बनाएको थियो । राजस्थानले १९ ओभरमा ६ विकेटले लक्ष्य पूरा गरेको थियो ।

यस खेलसँगै बेंगलूरुबाट आईपीएल जित्ने विराट कोहलीको सपना पूरा हुन सकेन ।

प्रतियोगिताबाट बाहिरिएको बेंगलूरुले एउटा खराब रेकर्डसमेत बनाएको छ । बेंगलूरु सबैभन्दा धेरै प्लेअफ खेल हार्ने टोली बनेको छ ।

टोलीले कुल १६ प्लेअफ खेल खेलेको छ, जसमा १० खेलमा हार व्यहोरेको छ। यसमा ३ वटा फाइनल पनि समावेश छन् ।

यसअघि चेन्नई सुपर किंग्सले सबैभन्दा धेरै प्लेअफ गुमाएको थियो। चेन्नईले अहिलेसम्म २६ प्लेअफ खेल खेलेको छ, जसमा उसले ९ हार र १७ मा जित निकालेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved