कमजोर सचिवलाई प्रधानमन्त्री कार्यालयमा थन्काउने पद्धति विकास भयो, यो गलत छ : खतिवडा

नेपालभ्युज

कमजोर सचिवलाई प्रधानमन्त्री कार्यालयमा थन्काउने पद्धति विकास भयो, यो गलत छ : खतिवडा

काठमाडौं । नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले काम गर्न नसक्ने भनिएका सचिवहरूलाई प्रधानमन्त्री कार्यालयमा थन्काउने पद्धति गलत भएको टिप्पणी गरेका छन् ।

आइतबार जारी प्रतिनिधिसभा बैठकमा भाग लिँदै उनले यस्तो बताएका हुन् । “काम गर्न नसक्ने भनिएका सचिवहरूलाई प्रधानमन्त्री कार्यालयमा थन्काउने पद्धतिको विकास भएको छ । यो गलत हो,” उनले भने ।

दक्ष र दख्खल सचिवहरूलाई प्रधानमन्त्री कार्यालयमा ल्याएर देशका दूरदराजमा विकास निर्माणदेखि जनताका कुराहरू राख्ने अवस्था सिर्जना हुनुपर्नेमा कमजोर सचिवहरूलाई त्यहाँ राख्नाले थप समस्या सिर्जना भएको उनले बताए ।

“कमजोर, जसले काम गर्न सक्दैन । उसलाई प्रधानमन्त्री कार्यालयमा राखेर के काम ?,” सांसद खतिवडाले भने ।

उनले सुशासन अझ कमजोर बनेर गएको टिप्पणी गरे । सुशासन कायम गर्नु सरकारको पहिलो दायित्व भएको भएपनि पछिल्लो समय सुशासन अझ कमजोर बनेको उनले बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved