शुक्रवारदेखि प्रथम सिएच आइटिएफ अन्तर्राष्ट्रिय तेक्वान्दो

नेपालभ्युज

शुक्रवारदेखि प्रथम सिएच आइटिएफ अन्तर्राष्ट्रिय तेक्वान्दो

काठमाडौं ।  प्रथम सिएच आइटिएफ एशियन आमन्त्रित तेक्वान्दो च्याम्पियनसिप शुक्रवारदेखि शुरु हुने भएको छ । नेपाल चाङ हुन अन्तर्राष्ट्रिय तेक्वान्दो महासंघको आयोजनामा शुक्रवारदेखि ललितपुरमा तीन दिनसम्म च्याम्पियनसिप हुन लागेको हो । सातदोबाटोस्थित कराते हलमा च्याम्पियनसिपका खेलहरू हुनेछन् ।

बिहीवार आयोजकले पत्रकार सम्मलेन गर्दै प्रतियोगिताको बारेमा जानकारी दिएको हो । आयोजक नेपालसहित मलेसिया, बंगलादेश, भारत, चीन, पाकिस्तान, भियतनाम, फिलिपिन्स, श्रीलंका र सिंगापुरका खेलाडीले प्रतियोगितामा प्रतिष्पर्धा गर्नेछन् । करिव दुई हजार पाँच सय खेलाडीले समान ८५ स्वर्ण तथा रजत र ११६ कांस्य पदकका लागि प्रतिष्पर्धा गर्ने आयोजकले जनाएको छ ।

शिर्ष तीन स्थान प्राप्त गर्ने खेलाडीले ट्रफी पाउनेछन् । प्रतियोगितामा स्पाइरिङ र कातामा प्रतिस्पर्धा हुनेछन् । पुरुषको स्पाइरिङतर्फ जुनियरमा २० केजीमुनि, २१ देखि २६ केजीमुनि, २७ देखि ३२ केजीमुनि, ३३ देखि ३८ केजीमुनि, ३९ देखि ४४ केजीमुनि, ४५ देखि ५० केजीमुनि, ५१ देखि ५६ केजीमुनि, ५७ देखि ६२ केजीमुनि, ६३ देखि ६८ केजीमुनि, ६९ देखि ७४ केजीमुनि र ७४ केजीभन्दा माथि तौलसमूहमा प्रतिस्पर्धा हुने भएको छ ।

जुनियर महिलामा २० केजीमुनि, २१ देखि २६ केजी, २७ देखि ३२ केजी, ३३ देखि ३८ केजी, ३९ देखि ४४ केजी, ४५ देखि ५०, ५१ देखि ५६ केजी, ५७ देखि ६२ केजीमुनि र ६२ केजीभन्दा माथि तौलसमूहमा प्रतिष्पर्धा हुँदैछ । स्पाइरिङकै सिनियर पुरुषतर्फ ४४ केजीमुनि, ४५ देखि ५० केजी, ५१ देखि ५६ केजी, ५७ देखि ६२ केजी, ६३ देखि ६८ केजी, ६९ देखि ७४ केजी, ७५ देखि ८० केजीमुनि र ८० केजीमाथि तौलसमूहमा प्रतिष्पर्धा हुने आयोजकले उल्लेख गरेको छ ।

यसै विधाको सिनियर महिलामा ३८ केजीमुनि, ३९ देखि ४४ केजी, ४५ देखि ५० केजी, ५१ देखि ५६ केजी, ५७ देखि ६२ केजी, ६३ देखि ६८ केजी, ६९ देखि ७४ केजीमुनि र ७४ केजीमाथि तौलसमूहमा प्रतिष्पर्धा हुनेछ । एकल कातातर्फ पुरुषमा एलो, ग्रिन, ब्ल्यु, रेड, ब्ल्याक बेल्ट (पहिलो देखि पाँचौं डन) तथा महिलामा एलो, ग्रिन, ब्ल्यु, रेड, ब्ल्याक बेल्ट (पहिलो देखि पाँचौं डन) चुनौती प्रश्तुत हुँदैछ । समूह कातातर्फ पुरुषमा सिनियर (ब्ल्याक बेल्ट), जुनियर (कलर बेल्ट) तथा सिनियर महिलामा (ब्ल्याक बेल्ट) र जुनियर (कलर बेल्ट) प्रतिस्पर्धा हुने तय गरिएको आयोजकले उल्लेख गरेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved