क्यानडाले गर्‍यो मुख्य प्रशिक्षक दासानायकेलाई बर्खास्त

नेपालभ्युज

क्यानडाले गर्‍यो मुख्य प्रशिक्षक दासानायकेलाई बर्खास्त

काठमाडौं । टी–२० विश्वकप सुरु हुनु केहि दिन अगाडि मात्र क्यानडाले मुख्य प्रशिक्षक पुबुदु दासानायकेलाई निकालेको छ ।

क्रिकबजका अनुसार क्यानडा क्रिकेट बोर्डका नयाँ उपाध्यक्ष गुरदीप क्लेयरले दासानायकेलाई मौखिक रुपमा जारी तयारी खेलपश्चात उनको सेवाको आवश्यकता नरहेन जानकारी गराएका छन् ।

खेलाडीहरु दासानायकेप्रति असन्तुष्ट रहेको एक पत्र बोर्डमा पुगेको क्रिकबजले जनाएको छ ।

सन् २०२२ जुलाईमा दासानायके आफ्नो दोस्रो कार्यकालका लागि क्यानडाको मुख्य प्रशिक्षक नियुक्त भएका थिए । यसअघि उनले नेपाल र अमेरिकाको मुख्य प्रशिक्षकको भूमिका पनि सम्हालेका थिए ।

दोस्रो कार्यकालमा उनले क्यानडालाई टी–२० विश्वकपको लागि छनोट गराए । सन् २०२३ विश्वकप छनोट प्लेअफमा एकदिवसीय मान्यता पुनः प्राप्त गराउन पनि सफल भए । साथै, क्यानडाले सीडब्लुसी च्यालेन्ज लिगबाट सीडब्लुसी लिग–२ खेल्ने मान्यता प्राप्त गरेको थियो ।

यद्यपि, दासानायकेको स्थान लिने नयाँ मुख्य प्रशिक्षकको नाम भने सार्वजनिक हुन बाँकी छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved