बेङ्लोर आइपीएलबाट बाहिरियो, राजस्थानसँग ४ विकेटले पराजित

नेपालभ्युज

बेङ्लोर आइपीएलबाट बाहिरियो, राजस्थानसँग ४ विकेटले पराजित

काठमाडौं । इन्डियन प्रिमियर लिग आइपीएलमा रोयल च्यालेन्जर्स बेङलोर प्रतियोगिताबाटै बाहिरिएको छ ।

बुधबार राति भएको इलिमिनेटर खेलमा राजस्थान रोयल्ससँग ४ विकेटले पराजित हुदै बेङलोर यो सिजनको खेलबाट बाहिरिएको हो ।

बेङलोरले दिएको १७३ रनको लक्ष्य राजस्थानले १९ ओभरमा ६ विकेट गुमाएर भेटायो ।

राजस्थानले अब क्वालिफायर १ को पराजित टोली सनराईजर्स हैदराबाद विरुद्ध फाइनल प्रवेशका लागि भोलि खेल्नेछ ।

हैदराबादलाई हराउँदै कोलकत्ता नाइट राइडर्स यसअघि नै फाइनल प्रवेश गरिसकेको छ । फाइनल खेल आइतबार हुनेछ ।

 

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved