टी-२० विश्वकप क्रिकेट : नेपालले गुमायो एकै ओभरमा २ विकेट

नेपालभ्युज

टी-२० विश्वकप क्रिकेट : नेपालले गुमायो एकै ओभरमा २ विकेट
Photo Courtesy: ICC

काठमाडौं। टी-२० विश्वकप क्रिकेटमा दक्षिण अफ्रिकाविरुद्ध नेपाललले एकै ओभरमा २ विकेट गुमाएको छ।

किंग्सटाउनमा जारी खेलमा नेपालका आसिफ शेख ४२ रनमा आउट भएका हुन्। यसअघि, दीपेन्द्र सिंह ऐरी ६ रनमा आउट भए।

दुवैलाई दक्षिण अफ्रिकाका तबरेज शम्सीे आउट गरे। यो उनको चौथो विकेट हो।कुशल मल्ल भने १ रनमा आउट भए।

यसअघि अनिल साह २७, कप्तान रोहित कुमार पौडेल डकआउट भए र कुशल भूर्तेल १३ रनमा आउट भए। ७ ओभरको दोस्रो बलमा कुशल र चौथो बलमा रोहित आउट भए।

नेपालले १८.२ ओभरमा ६ विकेटको क्षतिमा १०० रन बनाएको छ।

दक्षिण अफ्रिकाले दिएको ११६ रनको लक्ष्यमा नेपालले जवाफी ब्याटिङ गरिरहेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved