भ्वाइस किड्स सिजन १ को उपाधि जेनिश उप्रेतीलाई

नेपालभ्युज

भ्वाइस किड्स सिजन १ को उपाधि जेनिश उप्रेतीलाई

काठमाडौं। पहिलो सिजनको बाल गायन रियालिटी शो द भ्वाइस किड्स नेपालको उपाधि जेनिश उप्रेतीले हात पारेका छन्। शनिबार भएको ग्रान्ड फिनालीमा आठजना प्रतिस्पर्धीबीच उनी छानिएका हुन् । झापाका जेनिश विजेता बनेसँगै १५ लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गरेका छन्।

दर्शकको प्राप्तको मतको आधारमा विजेता घोषणा गरिएको आयोजक पक्षले जनाएको छ । टीम प्रमोदबाट झापाकी रुक्सना लिम्बु र झापाकै जेनिश उप्रेती, टीम राजुबाट बाजुराका सुप्रिम मल्ल ठकुरी र काठमाडौंकी पासाङ डिक्की शेर्पा फाइनलमा पुगेका थिए। टिम मिलनबाट दार्जिलिङकी मिन्छामा राई र इलामकी नुमा राई तथा टीम प्रविशाबाट झापाकी अनुजा कडरिया र झापाकै सुसमी गुरुङ फाइनलमा पुगेका थिए।
द भ्वाइस किड्सको निर्णायकमा गायक प्रमोद खरेल, राजु लामा, मिलन नेवार र प्रविशा अधिकारी रहेका थिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved