कन्सर्टका लागि बलिउड गायिका असीस नेपालमा

“विश्वमा नेपालमा कोरोना कहर नभएको सन्देश कार्यक्रमले दिनेछ”, खानले भने, “कौरको ‘राता लम्बिया’ गीत अहिले ब्यापक हिट भएको र बजारको माहोल हेरेर उनलाई ल्याउन लागेको हो।”

नेपालभ्युज

कन्सर्टका लागि बलिउड गायिका असीस नेपालमा

काठमाडौं। बलिउड गायिका असीस कौर नेपाल आइपुगेकी छन्। शनिबार दरबारमार्गमा रहेको क्लब प्लेटिनममा आयोजना हुने ‘रात लम्बिया नाइट विथ असीस कौर’ कन्सर्टका लागि उनी नेपाल आएकी हुन्।

फेलिज इन्टरनेशनल इभेन्टले आयोजना गरेको कन्सर्टमा उनले आफ्नो चर्चित गीत ‘राता लम्बिया’, ‘भे माही’, ‘बन्देया रे बन्देया’ र ‘तेरे बिन’, ‘आँख लड जावे’ लगायत मार्फत दर्शक नचाउनेछिन्।

नेपाली दर्शकको बलिउड सेलिब्रेटी भेट्ने र सँगै नाच्ने चाहना पूरा गर्न कार्यक्रम आयोजना गरिएको आयोजक संस्थाका सीईओ शाहिल खानले बताए।

“विश्वमा नेपालमा कोरोना कहर नभएको सन्देश कार्यक्रमले दिनेछ”, खानले भने, “कौरको ‘राता लम्बिया’ गीत अहिले ब्यापक हिट भएको र बजारको माहोल हेरेर उनलाई ल्याउन लागेको हो।”

कार्यक्रममा असीस कौरका अलवा नेपाली गायक यावेश थापाको समेत प्रस्तुति रहनेछ। असीस कौरको पछिल्लो समय ‘राता लम्बिया’ गीत निकै हिट छ। कौरले इन्डियन आइडल, आवाज पञ्जाब दी लगायतका विभिन्न गायन रियालिटी शोमा समेत भाग लिएकी थिइन््।

पाँच वर्षको हुँदादेखि नै गायन क्षेत्रमा लागेकी कौरले ‘तमाचे’ फिल्मको ‘दिलदारा रिप्राइज’ मार्फत् बलिउडमा डेब्यू गरेकी थिइन्।

त्यसयता उनले बलिउडका थुप्रै फिल्मको गीतमा आफ्नो आवाज दिइसकेकी छन्। २०२१ को फिल्म फेयर अवार्डमा समेत उनले हात पारेकी थिइन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved