भारतमा दैनिक कोरोना संक्रमित एक लाख नाघ्यो, तीन हजार बढीलाई ओमिक्रोन

नेपालभ्युज

भारतमा दैनिक कोरोना संक्रमित एक लाख नाघ्यो, तीन हजार बढीलाई ओमिक्रोन

नयाँदिल्ली। पछिल्लो २४ घण्टामा भारतमा १ लाख १७ हजार १०० नयाँ कोरोना संक्रमित थपिएका छन्। बिहीबार अघिल्लो दिनको तुलनामा संक्रमण २८ दशमलव ८ प्रतिशतले बढेको हो।

बुधबार भारतमा ९० हजारभन्दा बढी नयाँ कोरोना संक्रमित भेटिएका थिए। गत ६ असारमा १ लाख बढीमा संक्रमण देखिएकोमा त्यसयता संक्रमणदर घट्दै गएको थियो। संक्रमण घट्दै गएर न्यून भइसकेकोमा पुन: कोरोना महामारीको सामना गरिरहेको भारतमा हाल देशभर संक्रमितको संख्या साढे तीन लाख नाघेको छ, जसमध्ये ५ सबैभन्दा संक्रमित राज्यमध्ये महाराष्ट्रमा ३६ हजार २६५, पश्चिम बंगालमा १५ हजार ४२१, दिल्लीमा १५ हजार ०९७, तमिलनाडुमा ६ हजार ९८३, कर्नाटकमा ५ हजार ०३१ जनामा संक्रमण देखिएको छ।

भारतमा पछिल्लो २४ घण्टामा ३ सय २ जनाको मृत्यु भएको छ, जसमध्ये केरलामा मात्रै २२१ जनाको मृत्यु भएको छ।

यसैगरि कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनको समेत सामना गरिरहेको भारतमा ओमिक्रोन संक्रमितको संख्या ३ हजार नाघेको छ। यद्यपि, जसमध्ये १ हजार १ सय ९९ जना निको भइसकेका छन्। सबैभन्दा धेरै संक्रमण महाराष्ट्रमा ८ सय ७६, दिल्लीमा ४ सय ६५, कर्नाटकमा ३ सय ३३, राजस्थानमा २ सय ९१, केरलामा २ सय ८४, गुजरातमा २ सय ४ छन्। योसँगै तमिलनाडुमा १२१, हरियाणामा ११४, तेलंगानामा १०७, ओडिशामा ६०, उत्तर प्रदेशमा ३१, आन्ध्र प्रदेशमा २८, बंगालमा २७, गोवामा १९, असममा ९, मध्य प्रदेशमा ९ र उत्तराखण्ड ८ जनामा ओमिक्रोन पुष्टि भएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved