ए डिभिजन लिग : आठौं चरणका खेल शुक्रबारबाट, पहिलो खेल संकटा र सातदोबाटोबीच

नेपालभ्युज

ए डिभिजन लिग : आठौं चरणका खेल शुक्रबारबाट, पहिलो खेल संकटा र सातदोबाटोबीच

काठमाडौं। शहीद स्मारक ए डिभिजन लिगमा शुक्रबारबाट आठौं चरणका खेल हुँदै छन्। भोलि पहिलो खेल अपराजित टोली संकटा क्लब र सातदोबाटो युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ।

नवप्रवेशी सातदोबाटोसँग प्रतिस्पर्धामा उत्रिँदा संकटाले आफ्नो लयलाई निरन्तरता दिन चाहन्छ। यस्तै मातृशोकमा परेका प्रशिक्षक मेघराज केसीको टोली सातदोबाटो अघिल्ला खेलमा भोगेको नतिजालाई सुधार गर्न चाहन्छ। र अंक जोड्न नै लक्ष्यका साथ सातदोबाटो मैदान उत्रिनेछ।

दोस्रो खेल विभागीय फुटबल क्लब एपीएफले जावलाखेल युथ क्लबसँग स्पष्ट अंकका लागि खेल्ने छ। सोही रणनीतिमा जावलाखेल पनि रहनेछ। जारी सिजनको खेलमा शीर्षता कायमै गर्दैं उपाधि होडलाई कायम राख्न मच्छिन्द्रले तालिकाको पुछारमा रहेको फ्रेन्ड्ससँग प्रतिस्पर्धा गर्दै छ।

त्यसैले प्रशिक्षक प्रवेश कटुवालले उपाधि रक्षा गर्ने लक्ष्य भएकाले रेलिगेशनबाट बच्न संघर्ष गरिहेको टोलीविरुद्ध स्वाभाविक खेल खेल्दै तीन अंकका लागि खेल्ने बताए।

उता पुरानो क्लब न्यूरोड टिम एनआरटीले आठौं चरणको खेलमा विभागीय फुटबल क्लब त्रिभुवन आर्मीविरुद्ध खेल्दै छ। मध्ययम प्रदर्शन गरेको आर्मीविरुद्ध एनआरटीले अंक बाँड्ने लयलाई भंग गर्न चाहन्छ।

अघिल्ला खेलमा लिएको अग्रतालाई कायम गर्न नसक्दा केही खेलमा अंक बाँडेको एनआरटीका प्रशिक्षक राजुकाजी शाक्यले तालिकामा वरीयाता सुधार गर्नका लागि भए पनि जितका लागि आफ्नो टोली मैदान उत्रिने बताए।

यसअघि नै उपाधि होड कठिन भएको बताएको आर्मी पनि एनआटीसँग अंक खोस्ने रणनीतिका साथ मैदान उत्रिनेछ। प्रशिक्षक राजु तामाङले शीर्ष तीनभित्र अटाउन भए पनि जित्नै पर्ने दबाब भएकाले तीन अंकका लागि खेल्ने बताए।

लिगअन्तर्गत दोस्रो स्थानमा रहेको मनाङ मर्स्याङ्दी फुटबल क्लबले शनिबार च्यासल युथ क्लबलाई घरेलु मैदान पोखरा रंगशालामा आतिथ्यता गर्दै छ। मनाङको जारी लिगमा काठमाडौं बाहिर भएको तेस्रो लिग खेल हुनेछ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved