मुख्यमन्त्री जम्कट्टेल नर्भिक अस्पताल भर्ना

नेपालभ्युज

मुख्यमन्त्री जम्कट्टेल नर्भिक अस्पताल भर्ना

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेललाई नर्भिक अस्पताल भर्ना गरिएको छ ।

रामेछापको मन्थली ३ मा खानेपानी आयोजना उद्घाटन कार्यक्रममा जाँदै गर्दा उनी बाटोमै खाल्टे भन्ने ठाउँमा पुगेपछि बिरामी भएका थिए ।

त्यसपछि उनलाई हेलिकप्टरमार्फत् काठमाडौं ल्याइएको थियो ।

जम्कट्टेलमा प्रेसर लो र अक्सिजनको लेभल कमको समस्या देखिएको छ ।

अहिले उनको नर्भिक अस्पतालको इमर्जेन्सीमा भर्ना गरेर उपचार भइरहेको जम्कट्टेलको सचिवालयले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved