संसदीय छानबिनबारे गृहमन्त्रीको प्रतिक्रिया- हाम्रो संसद् कस्तो बनाउने भनेर स्पष्ट पार्नुपर्ने हुन्छ

नेपालभ्युज

संसदीय छानबिनबारे गृहमन्त्रीको प्रतिक्रिया- हाम्रो संसद् कस्तो बनाउने भनेर स्पष्ट पार्नुपर्ने हुन्छ

काठमाडौं । सहकारीमा बचत भएको रकम हिनामिनाको आरोप लागेका गृहमन्त्री रवि लामिछानेले त्यस सन्दर्भमा कांग्रेसले उठाएको संसदीय छानबिनको मागलाई अस्वीकार गरेका छन्।

मंगलबार सभामुख देवराज घिमिरेले बोलाएको बैठकबाट बाहिरिने क्रममा उनले भने, ‘छानबिन समिति बनाउने भन्ने कुरा कस्तो विषयमा? कुन शिर्षकमा? कस्तो नजिर हामीले बसाउने? हाम्रो संसदीय अभ्यास कस्तो हो? कस्तो बनाउने? हाम्रो संसदीय इतिहास के हो? कस्तो बनाउने? भन्ने कुरा हामीले स्पष्ट पार्नुपर्ने हुन्छ।’

उनले यस्ता विषयमा कहाँ उठेको? कुन ढंगले उठेको? कसले उठाएको? भन्ने महत्त्वपूर्ण हुने बताए।

उनले कसैले उजुरी हाल्ने बित्तिकै संसदीय समिति बनाउने र सबैले राजीनामा गर्ने हो भने आफूहरू सधैं तयार हो भनेर भनिरहेको बताए। ‘त्यसमा पहिले तयार त हुनुपर्‍यो नि त। त्यसपछाडि न बनाउने भन्ने कुरा हुन्छ’, उनले भने।

लामिछानेले आफूमाथिको आरोपका बारेमा पत्रपत्रिका र संसद्‌मा सुन्ने गरेको बताए। आफूले सदनमा जवाफ दिन पाउनुपर्ने उनको भनाइ छ। त्यसका लागि उनले सभामुखलाई पत्र समेत बुझाएका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved