हिमपहिरोमा हराएको चार दिनपछि भेटियो शव

नेपालभ्युज

हिमपहिरोमा हराएको चार दिनपछि भेटियो शव

मनाङ। हिमपहिरामा परेर बेपत्ता भएका एक किसानको शव चार दिनपछि भेटिएको छ। नासों गाउँपालिका-४ ओडारका ५३ वर्षीय आजुङ लाटा भनिने आच्यों गुरुङ आइतबार मृत भेटिएका जिल्ला प्रहरी कार्यालय मनाङले जनाएको छ।

चार दिनदेखि हिमपहिरामा परेर हराइरहेका गुरुङको शव गाउँमाथिको जंगलमा हिउँले पुरिएको अवस्थामा भेटिएको धारापानी सीमा प्रहरी चौकीबाट खटिएको प्रहरी टोलीले जानकारी दिएको छ।

हिउँले पुरिएको अवस्थामा उनको शव निकालिएको प्रहरी नायब उपरीक्षक सुवास खड्काले जानकारी दिए। उनका अनुसार प्रहरी गस्ती टोलीले नासों गाउँपालिका-४ ओडार गाउँमाथिको फ्लेमरो जंगलस्थित रउभिरमा हिउँले पुरेको अवस्थामा शव भेटिएको हो।

गाउँमाथि रहेको भेडीगोठबाट फर्कने क्रममा १४ गते बुधबार दिउँसोबाट गुरुङ बेपत्ता थिए। हिउँ परिरहेकाले उनी घर पुग्न सकेका थिएनन्। प्रहरीले बुधबारदेखि नै बेपत्ता गुरुङको खोजी गरेको थियो तर हिमपातका कारण उद्धारमा समस्या भएको थियो। गुरुङको शव परीक्षणका लागि लमजुङको बेंसीशहरस्थित जिल्ला अस्पताल लगिएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved