उपप्रधानमन्त्री यादव स्वदेश फर्किए

नेपालभ्युज

उपप्रधानमन्त्री यादव स्वदेश फर्किए

काठमाडौं ।  उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादव स्वदेश फर्किएका छन् । संयुक्त न्यूयोर्कमा आयोजित राष्ट्रसंघीय जनसंख्या तथा विकास आयोगको ५७ औँ बैठकमा भाग लिएर मन्त्री यादव स्वदेश फर्किएका हुन् ।

उनी मध्यराती १ बजे काठमाडौं ओर्लिएका हुन् ।

राष्ट्रसंघको प्रधानकार्यालयमा भएको आयोगको बैठकमा सहभागी हुने सिलसिलमा न्युयोर्कमा रहँदा उपप्रधानमन्त्री यादवले राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेस तथा ७८ औँ महासभाका अध्यक्ष डेनिस फ्रान्सिससँग बेग्लाबेग्लै भेटवार्ता गरी सबल र प्रभावकारी संयुक्त राष्ट्रसंघ बनाउन नेपालको पूर्ण सहयोग रहने बताएका थिए ।

उपप्रधानमन्त्री यादवले जलवायु परिवर्तन र नेपालजस्ता अति कमविकसित देशले भोग्नुपरेका समस्या र त्यसको असरका बारेमा चर्चा गर्दै दिगो पर्यटन विकास, अन्तर्राष्ट्रिय सहयोग तथा बहुपक्षीयताको महत्वका बारेमा धारणा राखेका थिए ।

आयोगको बैठकमा स्वास्थ्यमन्त्री यादवले नेपालको स्वास्थ्य क्षेत्र, विशेषगरी मातृ तथा प्रजनन स्वास्थ्यमा भएको सुधार, दिगो विकासका लक्ष्य प्राप्ति तथा जलवायु परिवर्तनका असरबारे जानकारी दिँदै स्वास्थ्य क्षेत्रको सुधारका लागि राष्ट्रहरूबीच विश्वास, सद्भाव, ऐक्यबद्धता र सहयोग आदानप्रदान महत्वपूर्ण हुने बताएका छन् ।
रासस

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved