बर्दिबासमा किशोरीमाथि जबर्जस्तीकरणी प्रयास गर्ने १४ वर्षीय पक्राउ

नेपालभ्युज

बर्दिबासमा किशोरीमाथि जबर्जस्तीकरणी प्रयास गर्ने १४ वर्षीय पक्राउ

जनकपुरधाम । महोत्तरीको बर्दिबास नगपालिका-९, पशुपतिनगरमा बलात्कार प्रयास गर्न खोजेको आरोपमा एक बालकलाई प्रहरीले पक्राउ गरेको छ।

१४ वर्षीया बालिकालाई जबरजस्ती करणी गर्न खोजेका बर्दिबास नगरपालिका-७ मनहरीपुर बस्ने १४ वर्षीय अर्जुन यादवलाई शनिबार चौलीखा प्रहरी चौकीले पक्राउ गरेको हो। घाँस काट्ने क्रममा यादवले ती बालिकालाई बल प्रयोग गरी जबरजस्ती गर्न खोजेका थिए।

उनलाई जाँच बुझ तथा अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय बर्दिबास पठाइएको चौलिखा प्रहरी चौकीका इन्चार्ज महेन्द्र प्रसाद यादवले जनाए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved