यु–१९ एशिया कपमा बंगलादेशसँग नेपाल पराजित

नेपालभ्युज

यु–१९ एशिया कपमा बंगलादेशसँग नेपाल पराजित

काठमाडौं। यु–१९ एशिया कपमा आफ्नो पहिलो खेलमा बंगलादेशसँग नेपाल १ सय ५४ रनले पराजित भएको छ।
युएईको सारजहाँ क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ थालेको बंगलादेशले निर्धारित ५ ओभरमा ४ विकेट गुमाएर नेपालसामु २ सय ९८ रनको चुनौती पेश गरेको थियो। बंगलादेशबाट प्रन्तिक नौरोस नविलले अविजित १ सय २७ रन बनाए।

उनले १ सय १२ रन सामना गर्दै ११ चौका र १ छक्का प्रहार गरेका थिए। त्यस्तै, रिटायर्ड हर्ट हुनअघि एमडी फहिमले ५८ रन बनाए।

नेपालबाट तिलक भण्डारी, गुल्सन झा र मोहम्मद अदिल अलामले एक–एक विकेट लिए। जवाफी ब्याटिङ थालेको नेपाल ४२ ओभर ३ बलमा १ सय ४३ रनमै अलआउट भयो।

नेपालबाट विवेक मगरले ३३, विवेक यादवले २६ र गुल्सन झाले ३५ रन बनाएपनि अन्य ब्याट्सम्यानको प्रदर्शन बिर्सनलायक रह्यो। बंगलादेशबाट तान्जिम हसन सकिब, राकिबुल हसन, एसएम मेहेरोब र नैमुर रोम्यानले २–२ विकेट लिए।

प्रतियोगिताको समूह बीमा रहेको नेपालले आगामी खेलमा श्रीलंका र कुवेतसँग प्रतिस्पर्धा गर्नेछ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved