एसिया कप खेल्ने नेपाली यु–१९ राष्ट्रिय क्रिकेट टिमको बिदाई

नेपालभ्युज

एसिया कप खेल्ने नेपाली यु–१९ राष्ट्रिय क्रिकेट टिमको बिदाई

काठमाडौं। यु–१९ एसिया कप खेल्न जाने नेपाली क्रिकेट टिमलाई नेपाल क्रिकेट संघ (क्यान)ले बिदाई गरेको छ। सोमबार एक कार्यक्रमबिच क्यानले प्रतियोगिताका लागि युएई जाने टिमलाई बिदाई गरेको हो।

नेपाली टिम आज राति नै युएई प्रस्थान गर्दैछ। आउँदो बिहिबारदेखि सुरु हुने प्रतियोगितामा नेपालसहित आठ टिमको सहभागिता रहेको छ। जसमा अन्तराष्ट्रिय क्रिकेट परिषद (आईसीसी)को पूर्ण सदस्य राष्ट्रको रुपमा भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश र अफगानिस्तानले सहभागिता जनाउँदैछन्। नेपाल, आयोजक युएई र कुवेतले भने छनोट चरणमार्फत प्रतियोगिता खेल्न लागेका हुन्।

बिदाई कार्यक्रममा नेपाली टिमका कप्तान देभ खनालले कम्तिमा फाइनलसम्मको यात्रा तय गर्ने आफ्नो टिमको लक्ष्य रहेको बताएका छन्। उनले विपक्षीका रुपमा टेस्ट टिमहरु प्रतिस्पर्धामा रहेपनि आफुले उत्कृष्ट खेल्ने विश्वास लिए।

प्रतियोगितामा समुह ‘बी’ मा रहेको नेपालले श्रीलंका, बंगलादेश र कुवेतसँग प्रतिस्पर्धा गर्नेछ। नेपालले उद्घाटन दिनको आफ्नो खेलमा बंगलादेशको सामना गर्दैछ।
यू–१९ एसिया कपमा नेपालको उत्कुष्ट नतिजा भनेको सन् २०१७ मा सेमिफाइनलसम्मको यात्रा मात्र हो। यसबाहेकका हालसम्मका अन्य पाँच सहभागितामा नेपाल समुह चरण भन्दामाथि उक्लन सकेको छैन।

सन् २०१७ को एसिया कपमा समुह चरणमा भारतलाई हराएर सेमिफाइनलसम्म पुगेको नेपाल सेमिफाइनलमा भने अफगानिस्तानसँग पराजित भएको थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved