राष्ट्रिय महिला कबड्डी प्रतियोगिताको उपाधि सुदूरपश्चिम प्रदेशलाई

प्रथम हुने टिमलाई एक लाख ५०५, द्वितीय हुनेलाई ५० हजार ५०५ र तृतीयलाई २५ हजार ५०५ रुपैयाँ नगद, शिल्ड, प्रमाणपत्र प्रदान गरिएको थियो।

नेपालभ्युज

राष्ट्रिय महिला कबड्डी प्रतियोगिताको उपाधि सुदूरपश्चिम प्रदेशलाई

काठमाडौं। राष्ट्रिय महिला कबड्डी प्रतियोगिता २०७८ को उपाधि सुदूरपश्चिम प्रदेशले हात पारेको छ।

धनुषाको बटेश्वर गाउँपालिकामा २३ मंसीरदेखि आयोजित सो प्रतियोगिताको शनिबार सम्पन्न फाइनल खेलमा सुदूरपश्चिमले आठ अंककाविरुद्ध ५४ अंक ल्याएर लुम्बिनी प्रदेशमाथि भारी अंक अन्तरले विजयी भएको हो।

प्रतियोगितामा बागमती प्रदेश र गण्डकी प्रदेशले तृतीय स्थान प्राप्त गरेका थिए। प्रथम हुने टिमलाई एक लाख ५०५, द्वितीय हुनेलाई ५० हजार ५०५ र तृतीयलाई २५ हजार ५०५ रुपैयाँ नगद, शिल्ड, प्रमाणपत्र प्रदान गरिएको थियो।

प्रतियोगितामा बेस्ट रेडर र म्यान अफ दी म्याचको पुरस्कार सुदूपश्चिमकी खेलाडी सुनिता थापालाई तथा बेस्ट डिफेन्डरको पुरस्कार सुदूरपश्चिमकै खेलाडी निशा बोहरालाई प्रदान गरिएको छ।

बटेश्वर गाउँपालिकाको संयोजन तथा शिवशक्ति युथ क्लब बटेश्वरको आयोजनामा आयोजित प्रतियोगितामा सातवटै प्रदेशको टिमको सहभागिता रहेको प्रतियोगिता प्रचारप्रसार समितिका संयोजक मदन विश्वकर्माले बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved