राम-सीता विवाह सम्पन्न, आज रामकलेवा विधि हुँदै

विवाह समारोहमा लाखौं श्रद्धालु सहभागी थिए। सीता-राम विवाहको खुशियालीमा महन्थहरु र कतिपय श्रद्धालुले रुपैयाँ समेत लुटाए।

राम-सीता विवाह सम्पन्न, आज रामकलेवा विधि हुँदै

जनकपुरधाम। साताव्यापी विवाह पञ्चमी महोत्सव अन्तर्गत आज रामकलेवा विधि हुँदैछ। रामकलेवा विधिपश्चात साताव्यापी विवाह पञ्चमी आजै समापन हुँनेछ।

त्रेता युगमा जस्तै बुधबार राति जनकपुरधामस्थित जानकी मन्दिरमा वैदिक परम्परा अनुसार प्रतिकात्मक भगवान श्रीराम र देवी सीताबीच अबेर राति विवाह सम्पन्न भइसकेको छ।

विवाह समारोहमा मथिलानी महिलाहरूले परम्पराअनुसार हाँसोठट्टा र गीतका माध्यमले जन्तीलाई गाली गर्दा सहभागी श्रद्धालुलाई साँचै त्रेतायूगको अनुभूति गराएको थियो।

विवाह समारोहमा लाखौं श्रद्धालु सहभागी थिए। सीता-राम विवाहको खुशियालीमा महन्थहरु र कतिपय श्रद्धालुले रुपैयाँ समेत लुटाए।

साधुसन्तको अगुवाइमा झाँकी कीर्तनसहित राम मन्दिरबाट रामको डोला र जानकी मन्दिरबाट जानकीको डोला निस्केर बुधबार दिउँसो बाह्रविघा रंगभूमि मैदान पुगेर स्वयंम्वर गरिएको थियो।

ढोल पिपही, सहनाई, ब्यान्ड बाजा र पञ्चेबाजासहित छुट्टा-छुट्टै निस्केको दुवै डोली बाह्रविघा मैदानमा मिलन भएपछि वैदिक परम्पराअनुसार मालाफेर गरी राम र जानकीको स्वयंवर गरिएको थियो।

आज सामूहिक भोजका लागि जानकी मन्दिरमा ३६ व्यञ्जनको भोजन पाक्दैछ। जन्तीको रुपमा भगवान रामको जन्मभूमि भारतको अयोध्या र अन्य स्थानबाट आएका साधुसन्तलाई भोज खुवाउने र दक्षिणासहितको बिदाइ गर्नुलाई रामकलेवा भनिन्छ।

रामकलेवाको क्रममा भारतबाट आएका साधुसन्तलाई जनकपुरका महिलाहरुले गीतका माध्यमले गाली गर्नुका साथै मनोरञ्जन गराइन्छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved