कांग्रेस कर्णाली प्रदेश सभापतिमा ललितजंग शाही निर्वाचित

कांग्रेस कर्णाली प्रदेश सभापतिमा ललितजंग शाही निर्वाचित

काठमाडौं। नेपाली कांग्रेसको प्रथम कर्णाली प्रदेश अधिवेशनबाट सभापति पदमा ललितजंग शाही निर्वाचित भएका छन्। शनिबार भएको निर्वाचनबाट उनले प्रतिद्वन्द्वी भूपेन्द्रजंग शाहीलाई १०५ मतान्तरले हराउँदै प्रदेशको पहिलो सभापति बन्न सफल भए।

निर्वाचन समितिका अनुसार सभापति पदमा विजयी ललितजंगले ४२२, उनका प्रतिद्वन्द्वी भूपेन्द्रजंगले ३१७ र मोतीराज बमले सात मत प्राप्त पारे। सभापतिमा निर्वाचित जुम्ला निवासी ललितजंग दोस्रो संविधानसभामा सदस्य थिए।

कूल ७७१ मतदाता रहेको प्रदेश अधिवेशनमा ७५४ मत खसेको थियो भने आठ मत बदर भएको थियो। निर्वाचन समितिका सदस्य विवशकुमार बस्नेतले अन्य पदहरूको मतगणना जारी रहेको बताए। कांग्रेसको विधानमा प्रदेश कार्यसमितिको पदाधिकारीमा सभापति एक, उपसभापति दुई, महामन्त्री दुई, सहमहामन्त्री पुरुषतर्फ दुई र महिलातर्फ एक निर्वाचित हुने व्यवस्था छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved