फ्रान्सले फिनल्याण्डलाई हरायो, बेल्जियम वेल्ससँग रोकियो

नेपालभ्युज

फ्रान्सले फिनल्याण्डलाई हरायो, बेल्जियम वेल्ससँग रोकियो

काठमाडौं। जारी विश्वकप छनोटको समूह चरणका खेलहरूमा वेल्स र बेल्जियमले बराबरी खेल्दा फ्रान्सले भने फिनल्याण्डलाई हराएको छ।

गएराति भएका खेलमा फ्रान्सको जितमा किलयन एम्बाप्पे र करिब बेन्जेमाले एक/एक गोल गरे। बेन्जेमाले ६६ मिनेट तथा एम्बाप्पेले ७६ मिनेटमा गोल गर्दै टोलीलाई जित दिलाएका हुन्।

जितसँगै फ्रान्स समूह ‘डी’मा ३ बराबरीसँगै अपराजित छ। उसले सन् २०२२ मा हुने कतार विश्वकपका लागि ठाउँ सुरक्षित गरिसकेको छ।

यता केभिन डी ब्रुनोले १२ मिनेटमा गोल गरे पनि वेल्ससँग बेल्जियम बराबरीमै रोकिएको हो। वेल्सले ३२ मिनेटमा गोल फर्काएको थियो। उसका लागि किफर मोरेले गोल गरे। खेलमा अधिकांश समय बल नियन्त्रणमा लिए पनि बेल्जयमले जित निकाल्न सकेन। बेल्जियमको जारी छनोटमा यो दोस्रो बराबरी हो।

हालसम्म अपराजित उसले ८ खेलबाट २० अंक जोडेको छ। वेल्सले भने ८ खेलबाट एकमा हार बेर्दै १५ अंक जोडेको छ। बेल्जियमले कतार विश्वकपमा आफ्नो ठाउँ बनाइसकेको छ भने वेल्स संघर्षरत छ।

यस्तै गएराति नै भएका अन्य खेलमा टर्कीले मोन्टेनेग्रो तथा कतार विश्वकपका लागि छनोट भइसकेको नेदरल्याण्डसले नर्वेलाई २-०ले हरायो। चेक रिपप्लिकले स्टोनिया तथा युक्रेनलाई बोस्निया हर्ज गोभिनालाई समान २-० गोल अन्तरले पराजित गर्‍यो।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved