किसान आन्दोलन उठाउन वामपन्थीको भूमिका महत्वपूर्णः माधव नेपाल

‘‘कृषि क्षेत्रमा रुपान्तरण गर्ने कुराबाट हामी बिमुख हुन सक्दैनौँ। हाम्रो फोकस नै त्यसमा हुनुपर्दछ”, नेपालले भने, ‘‘नेपाली अर्थतन्त्रको बलियो आधारशिला भनेको कृषि क्षेत्रको रुपान्तरण हो। कृषि क्षेत्रमा मात्रात्मक होइन, गुणात्मक परिवर्तनको आवश्यकता छ।”

नेपालभ्युज

किसान आन्दोलन उठाउन वामपन्थीको भूमिका महत्वपूर्णः माधव नेपाल
फाइल तस्वीर

काठमाडौं। नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कृषि क्षेत्रमा गुणात्मक परिवर्तनको आवश्यकता रहेको बताएका छन्।

सोमबार काठमाडौंमा आयोजित अखिल नेपाल किसान महासंघ राष्ट्रिय समितिको घोषणा तथा शपथग्रहण समारोहलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले कृषि क्षेत्रमा गुणात्मक परिवर्तनको आवश्यकता रहेको औँल्याएका हुन्।

नेपालले कृषि क्षेत्रको रुपान्तरणको निम्ति प्राथमिकता हुनुपर्ने बताए। उनले कृषि क्षेत्रको आधुनिकीकरण, व्यवसायीकरण र यान्त्रिकीकरण गर्न सकेमा अर्थतन्त्रमा आमुल परिवर्तन हुने बताए।

‘‘कृषि क्षेत्रमा रुपान्तरण गर्ने कुराबाट हामी बिमुख हुन सक्दैनौँ। हाम्रो फोकस नै त्यसमा हुनुपर्दछ”, नेपालले भने, ‘‘नेपाली अर्थतन्त्रको बलियो आधारशिला भनेको कृषि क्षेत्रको रुपान्तरण हो। कृषि क्षेत्रमा मात्रात्मक होइन, गुणात्मक परिवर्तनको आवश्यकता छ।”

अध्यक्ष नेपालले कम्युनिष्ट पार्टीहरु किसानको मुक्तिको लागि बनेको भन्दै किसान आन्दोलन उठाउनको लागि वामपन्थी शक्तिहरुको भूमिका महत्वपूर्ण हुने बताए। उनले किसानको हित र कल्याण गर्नु नै आफूहरुको राजनीतिको मूल विषय भएको उल्लेख गरे।

‘‘वामपन्थीहरुले कृषि क्रान्तिको जति महत्व बुझेका छन्, कम्युनिष्टहरुले यसको जुन महत्व बुझेका छन्, कम्युनिष्टहरुले किसानलाई जति महत्व दिने गर्दछन्, यत्रो ठूलो संख्यामा फैलिएका किसानको मुक्तिको निम्ति कम्युनिष्टहरु नै लाग्ने गर्दछन्”, नेपालले भने, ‘‘त्यसो हुनाले हाम्रो शक्तिको आधार भनेको किसानहरु हुन्। किसानहरुको हित र कल्याण गर्ने कुरा नै हाम्रो राजनीतिको मूल विषय हो।”

अध्यक्ष नेपालले सुकुम्बासीहरुको समस्या समाधानमा सरकारले ध्यान पु¥याउनुपर्ने बताए। उनले अव्यवस्थित रुपमा बसोबास गर्नेहरुलाई सरकारले गाँस, बास र कपासको प्रत्याभूति गराएर सुरक्षित ठाउँमा राख्नुपर्ने बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved