सरकारको निर्णयविरुद्ध सर्वोच्चमा सिलवाल

सिलवाल आफू सरकारलाई सघाउनका लागि राजीनामा दिन तयार भएको अवस्थामा गरिएको बर्खास्ती कानूनविपरीत भएको भन्दै अदालत पुगेका हुन्। उनले आफू सम्मानजनक रुपमा राखेप छाड्न तयार रहेको अवस्थामा सरकारको निर्णय आएको बताए।

नेपालभ्युज

सरकारको निर्णयविरुद्ध सर्वोच्चमा सिलवाल
फाइल तस्वीर

काठमाडौं। राष्ट्रिय खेलकुद परिषद्को सदस्यसचिव पदबाट बर्खास्तीमा परेका रमेश सिलवालले सर्वोच्च अदालतमा रिट दायर गरेका छन्। आफूलाई पदबाट हटाउने सरकारको निर्णयविरुद्ध उनी अदालत गएका हुन्।

सरकारले आफूलाई गैरकानूनी तरिकाले पदबाट हटाएकाले सर्वोच्च गएको उनले प्रतिक्रिया दिएका छन्। सिलवालले सरकारको उक्त निर्णय रोक्नका लागि अन्तरिम आदेशको माग गरेका छन्।

सिलवालले सरकारले आफूलाई दिएको पत्रमा बर्खास्तीको कारणसमेत उल्लेख नभएको भन्दै सर्वोच्चमा रिट हालेका हुन्। उनको रिट बिहीबार अबेर दर्ता भएको अदालतले जनाएको छ।

सिलवाल आफू सरकारलाई सघाउनका लागि राजीनामा दिन तयार भएको अवस्थामा गरिएको बर्खास्ती कानूनविपरीत भएको भन्दै अदालत पुगेका हुन्। उनले आफू सम्मानजनक रुपमा राखेप छाड्न तयार रहेको अवस्थामा सरकारको निर्णय आएको बताए।

नेकपा एमालेका अध्यक्ष तथा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले सिलवाललाई दोस्रो कार्यकालको लागि राखेप सदस्यसचिव बनाएको थियो।

तर, ओलीलाई विस्थापित गर्दै सरकारको नेतृत्वमा आएका कांग्रेस सभापति शेरबहादुर देउवाले उनलाई पदबाट बर्खास्त गरेका थिए। १ कात्तिकमा सिलवाललाई बर्खास्त गर्नुअघि सरकारले उनीसँग स्पष्टीकरण मागेको थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved