कर्णालीका मुख्यमन्त्री शाहीले दिए राजीनामा

सत्ता गठबन्धन दलहरुबीच कर्णाली प्रदेशमा आलोपालो प्रदेश सरकारको नेतृत्व गर्ने सहमति भएको थियो। सहमतिअनुसार अब कर्णाली प्रदेशमा कांग्रेसको नेतृत्वमा प्रदेश सरकार गठन हुनेछ।

नेपालभ्युज

कर्णालीका मुख्यमन्त्री शाहीले दिए राजीनामा

काठमाडौं। कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले पदबाट राजीनामा दिएका छन्। शाहीले आज (सोमबार) साँझ पदबाट राजीनामा दिएका हुन्।

सत्तागठबन्धन दलहरू बीच भएको सहमतिअनुसार मुख्यमन्त्री शाहीले पदबाट राजीनामा दिएका हुन्। मुख्यमन्त्री कार्यालयमा पत्रकार सम्मेलन गरेर शाहीले पदबाट राजीनामाको घोषणा गरेका हुन्।

सत्ता गठबन्धन दलहरुबीच कर्णाली प्रदेशमा आलोपालो प्रदेश सरकारको नेतृत्व गर्ने सहमति भएको थियो। सहमतिअनुसार अब कर्णाली प्रदेशमा कांग्रेसको नेतृत्वमा प्रदेश सरकार गठन हुनेछ। कांग्रेस संसदीय दलको नेता जीवनबहादुर शाही छन्।

यस्तै, वैशाख ३ गते मुख्यमन्त्री शाहीलाई विश्वासको मत दिएर मन्त्री भएका तीन जना पनि सरकारबाट बाहिरिएका छन्। फ्लोर क्रस गरेर मन्त्री बनेका अमर बहादुर थापा, नन्दसिंह बुढा र कूर्मराज शाहीको पदावधि (६ महिना) सकिएसँगै सरकारबाट बाहिरिएका हुन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved