मिडियालाई वरिष्ठ अधिवक्ताको आग्रह-तपाईंहरूका लागि हामी लडेका हौं, यसलाई दुरुपयोग नगर्नुस्

नेपालभ्युज

मिडियालाई वरिष्ठ अधिवक्ताको आग्रह-तपाईंहरूका लागि हामी लडेका हौं, यसलाई दुरुपयोग नगर्नुस्

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको राजीनामा माग्दै नेपाल बार एशोसिएशनले सर्वोच्च अदालत परिसरमा विरोध प्रदर्शन जारी राखेको छ। जबराको विरोधमा कोलोपट्टी बाँधेर बार आन्दोलनमा उत्रिएको हो।

विरोधमा पूर्वन्यायाधिवक्ता तथा वरिष्ठ अधिवक्ता बद्री बहादुर कार्कीले केही मिडियाले बार र वकीलहरूको विषयलाई लिएर बदनाम गर्न खोजेको आरोप लगाएका छन्।

केही मिडियाहरूले बारको बारेमा, अदालतका न्यायाधीशहरूको बारेमा नबुझेर दुरुपयोग गरिरहेका उनले आरोप लगाए। बारको कार्यक्रम बारको निष्कर्षलाई र उसको अप्रिय कदमलाई एब्युज (दुर्व्यवहार) गर्ने गरेका उनले आरोप लगाए। स्वतन्त्र पत्रकारितालाई बार र वकिलले नै समर्थन गरेको उनको भनाइ थियो। उनले पत्रकारहरूलाई आग्रह गरे, “हामीले कैयौं पटक तपाईंहरूका लागि लडेका छौं। यसलाई दुरुपयोग नगर्नुस्।”

उनले भनिरहे, “न्यायाधीहरूको पनि न्यायाधीश बार हो। अदालतमा न्याया खोज्न आउनेहरूको पहिलो सम्पर्क व्यक्ति आफूहरू हौं। अदालत सक्षम र न्यायाधीश इमानदार भएको विश्वास याचिकाहरूलाई दिलाउने हामी नै हौं।”

साथै प्रधानन्यायाधीशले आफ्नो पदको गरिमा राख्न नसकेको पनि उनले बताएका छन्। उनले भने, “जसलाई संविधान र देशले पत्याएर यत्रो आशनमा पुर्‍यायो, उहाँले त्यो विश्वासलाई कायम राख्न सकेनन्। जुन तपाईंहरूले केही दिनदेखि देखिरहनुभएको छ।”

तर केही मिडियाले यो विश्वास समाप्त गरेका उनले आरोप लगाए। विरोध प्रदर्शन न्यायालय शुद्धीकरणतर्फको पहिलो पाइला भएको पनि उनले उनले बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved