साफपछि राजीनामा दिने प्रशिक्षक अलमुताइरीको घोषणा

नेपालभ्युज

साफपछि राजीनामा दिने प्रशिक्षक अलमुताइरीको घोषणा

काठमाडौं। नेपाली फुटबल टोलीका मुख्य प्रशिक्षक अबदुल्ला अलमुताइरीले साफ च्याम्पियनसिपपछि राजीनामा दिने घोषणा गरेका छन्। बंगलादेशसँगको खेलपछि आज अलमुताइरीले पत्रकार सम्मेलनमा राजीनामा दिने निर्णय गरेका हुन्।

कुवेती कोच अलमुताइरी आएपछि नेपाली टिमको खेलमा निकै सुधार आएको देखिन्छ। उनकै प्रशिक्षणका कारण यसपाली नेपाललाई साफको  उपाधिको दाबेदारको रुपमा पनि हेरिएको छ।

कोच अलमुताइरीले विशेषगरी नेपाली फुटबलको सँधैको समस्या रहेको स्ट्राइकिङ लाइनअपमा सुधार गरेका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved