काठमाडौं । काठमाडौं उपत्यका फेरि विश्वकै सबैभन्दा धेरै प्रदूषित सहर बनेको छ । यसअघि वर्षा हुँदा प्रदूषण दर घटेपनि काठमाडौं उपत्यकामा पुन: वायु प्रदूषणको दर उच्च तहमा पुगेको हो ।
वायु प्रदूषण मापनकेन्द्रका अनुसार अहिले काठमाडौंको प्रदूषणको दर १९४ मापन गरिएको छ । काठमाडौंमा मापन गरिएको पछिल्लो एअर इन्डेक्स मानव स्वास्थ्यका हिसाबले अस्वस्थकर मानिन्छ।
विश्वकै सबैभन्दा धेरै प्रदूषित सहरको दोस्रो स्थानमा पाकिस्तानको लाहोर सहर छ । त्यहाँको प्रदूषण तह १८५ मापन गरिएको छ । तेस्रो स्थानमा रहेको भारतको राजधानी नयाँ दिल्लीमा प्रदूषणको तह १७५ छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार काठमाडौं उपत्यकामा ठुलो वर्षा नभएकाले प्रदूषणको तह घट्न सकेको छैन । देशभर लागेको आगलागिका कारण पनि नेपालको वायु प्रदूषित महाशाखाको भनाई छ ।
Facebook Comment
Comment