आईपीएलमा गुजरातमाथि दिल्लीको ४ रनको जित

नेपालभ्युज

आईपीएलमा गुजरातमाथि दिल्लीको ४ रनको जित

काठमाडौं । इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा दिल्ली क्यापिटल्सले गुजरात टाइटन्समाथि ४ रनको जित हासिल गरेको छ ।

२ सय २५ रनको लक्ष्य पछ्याएको गुजरातले साइ सुदर्शन र डेभिड मिलरको अर्धशतकको मद्दतमा ८ विकेट गुमाएर २ सय २० रन मात्र बनाउन सक्यो ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको दिल्लीले ४ विकेटको क्षतिमा २ सय २४ रन बनाएको थियो ।

समान ९ खेलमा ८ अंक जोडेको दिल्ली छैटौं र गुजरात सातौं स्थानमा छ । आइपीएलमा आज सनराइजर्स हैदरावाद र रोयल च्यालेन्जर्स बैंङ्लोरबीच प्रतिस्पर्धा हुनेछ ।

 

 

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved