लिभरपुललाई धक्का, एभर्टनसँग आफ्नै मैदानमा पराजित

नेपालभ्युज

लिभरपुललाई धक्का, एभर्टनसँग आफ्नै मैदानमा पराजित

काठमाडौं । प्रिमियर लिग फुटबलमा लिभरपुल पराजित भएको छ । एभर्टनसँग लिभरपुल २ – ० ले पराजित भएको हो । पराजयसँगै लिभरपुलको उपाधिको होडमा गम्भीर धक्का पुगेको छ ।

गएराति भएको आफ्नो ३४औं खेलमा लिभरपुल उसको घरेलु मैदानमै पराजित भएको हो । एभर्टनको जितमा जाराड ब्रान्थवेट र डोमिनिक काल्भर्ट लेविनले गोल गरे ।

लिभरपुलले पछिल्ला ९ खेलमा ४ मात्र जित हात परेको छ । ३४ खेल खेलेको लिभरपुलको ७४ अंक छ । समान खेल खेलेको आर्सनल ७७ अंक सहित शीर्ष स्थानमा छ । ३२ खेल खेलेको साविक विजेता म्यानचेस्टर सिटी ७३ अंकका साथ तेस्रो स्थानमा छ ।

गएराति नै भएका अन्य खेलमा म्यानचेस्टर युनाइटेडले सेफिल्ड युनाइटेडलाई ४–२ गोलले हराउँदा क्रिष्टल प्यालेसले न्युक्यासललाई २–० ले पराजित गरेको छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved