वेस्ट इन्डिजका खेलाडी नेपाल आउँदा स्वागतमा क्यानले लग्यो बोलेरो जीप, लाजमर्दो हर्कत गरेकाे भन्दै आलोचना

नेपालभ्युज

वेस्ट इन्डिजका खेलाडी नेपाल आउँदा स्वागतमा क्यानले लग्यो बोलेरो जीप, लाजमर्दो हर्कत गरेकाे भन्दै आलोचना

काठमाडौं । टी–२० सिरिज खेल्न वेस्ट इन्डिज ‘ए’ टोली नेपाल आइपुग्दा नेपाल क्रिकेट संघ (क्यान)ले गरेको स्वागत शैलीको विरोध भएको छ ।

१५ वैशाखबाट सुरु हुने खेल खेल्न आएका विदेशी खेलाडीको स्वागतका क्रममा बोलेरो जीप लगिएको भन्दै आलोचना भएको हो ।

नेपालसँगको ५ खेलको टी–२० सिरिज खेल्न वेस्ट इन्डिज ‘ए’ टोली बुधबार बिहान नेपाल आइपुग्दा लिनको लागि बोलेरो जीपमा लगिएको भन्दै सामाजिक सञ्जालमा आलोचना भएको छ ।

खेलाडीका क्रिकेट किट तथा लगेजको व्यवस्थापन बोलेरो जीपमा गरिएको थियो । यसको  भिडिओ तथा तस्वीर सामाजिक सञ्जालमा भाइरल छ । यसैलाई लिएर क्यानको व्यवस्थापन पक्षमाथि प्रश्न समेत उठाइएको छ ।

सामाजिक सञ्जालमा क्यानको तीव्र आलोचना भइरहेको छ । संजाल प्रयोगकर्ताले खेलकुदमन्त्री विराजभक्त श्रेष्ठमाथि पनि प्रश्न उठाइरहेका छन् ।

वेष्ट इण्डिज ‘ए’ र नेपालबीचको पहिलो खेल टीयु क्रिकेट मैदानमा वैशाख १५ गते हुनेछ । वैशाख १६ मा दोस्रो, १९ गते तेस्रो, २० गते चौथो र २२ गते अन्तिम खेल हुनेछ ।

नेपालसँग खेल्न पहिलो पटक वेस्ट इन्डिज टोली नेपाल आएको हो । वेष्ट इण्डिज ‘ए’ नेपाल आउने सबभन्दा उच्च स्तरको टोली हो । यसअघि एसोसिएट राष्ट्रका प्रमुख दुई टोली नेदरल्यान्ड्स र स्कटल्यान्ड नेपाल आइसकेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved