नेपालसँग सिरिज खेल्न वेस्ट इन्डिज ‘ए’ टिम काठमाडौं आइपुग्यो

नेपालभ्युज

नेपालसँग सिरिज खेल्न वेस्ट इन्डिज ‘ए’ टिम काठमाडौं आइपुग्यो

काठमाडौं । टी-२० क्रिकेट सिरिजका लागि वेस्ट इन्डिज ‘ए’ को टिम आज नेपाल आइपुगेको छ ।

वेस्ट इन्डिजको टिमलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ क्यानका पदाधिकारीले स्वागत गरेका थिए ।

विश्वकपको तयारीका क्रममा वेस्ट इन्डिज “ए” र नेपालबीच प्रतिस्पर्धा हुन लागेको हो ।

रोस्टन चेजको कप्तानीमा रहेको वेस्ट इन्डिज ‘ए’ टिममा सिनियर टोलीबाट खेलिसकेका १२ जना खेलाडी  छन् ।

नेपाल र वेस्ट इन्डिज ‘ए’ बीच पाँच टी-२० खेलको सिरिज हुनेछ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा पहिलो खेल शनिबार हुनेछ ।

यो खेलपछि नेपाली टोली विश्वकपका लागि अमेरिका प्रस्थान गर्नेछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved