ललितपुर दोस्रो खेलमा पनि पराजित

नेपालभ्युज

ललितपुर दोस्रो खेलमा पनि पराजित
फाइल तस्वीर

काठमाडौं । एभरेष्ट प्रिमियर लिग क्रकेट (ईपीएल) डिफेन्डिङ च्याम्पियन्स ललितपुर प्याट्रोइट्सले लगातार दोस्रो खेल हारेको छ।

टीयू खेल मैदानमा आज (बुधबार) को पहिलो खेलमा ललितपुरलाई पोखरा राइनोर्सले ९ विकेटले पराजित गर्‍यो। वर्षाको कारण सात ओभरमा छोट्याइएको खेलमा टस हारेर ब्याटिङ गरेको ललितपुरले ६ विकेट गुमाएर ५१ रन जोडेको थियो।

ललितपुरका लागि श्रीलंकन ओपनर सान्दानले सर्वाधिक १९ रन बनाए। बलिङतर्फ पोखराका नन्दन यादवले तीन र विक्रम शोबले दुई विकेट लिएका थिए। ५२ रनको लक्ष्य पोखराले अन्तिम तीन बल बाँकी छँदै मात्र १ विकेटको नोक्सानीमा भेट्टाएको थियो।

पोखराको जितमा दक्षिण अफ्रिकी ओपनर रिजार्ड लेबीले सर्वाधिक ३८ रन बनाए। उनले २२ बलमा पाँच चौका र एक छक्का हानेका थिए। अर्का ओपनर रीत गौतमसँग मिलेर पहिलो विकेटका लागि लेबीले ३९ रनको साझेदारी गरेका थिए।

जितका लागि अन्तिम ओभरमा ११ रन चाहिँदा लेबीले लगातार तीन बलमा तीन बाउण्ड्री हानेका थिए। पहिलो खेलमा अंक बाँडेको पोखराले यो जितपछि दुई खेलबाट तीन खेल बनाएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved