चीनमा एमबीबीएस पढेकाको प्रश्न

“हाम्रो इन्टर्नसिप कहिले शुरु हुन्छ?” (फोटो फिचर)

सन् २०१३ र २०१४ बाट चीनमा एमबीबीएसको पढाइ सकेर इन्टर्नसिप शुरु गरेका १५५ विद्यार्थी छन् भने १४० जना विद्यार्थीको ६ महीनाभन्दा कम मात्रै इन्टर्नसिप बाँकी छ।

“हाम्रो इन्टर्नसिप कहिले शुरु हुन्छ?” (फोटो फिचर)

काठमाडौं। चीनमा एमबीबीएस अध्ययन पूरा गरेर इन्टर्नसिप गर्दागर्दै कोभिड-१९ महामारीका कारण फर्किन बाध्य विद्यार्थीहरूले आइतबार काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन छन्।

चिकित्सा शिक्षा आयोगले इन्टर्नसिप गराउन आवेदन खुलाएको थियो। दुई महीनाअघि १ सय ९३ विद्यार्थीहरूले इन्टर्नसिपका लागि आवेदन बुझाइसकेका छन्। तर लामो समय बितिसक्दा पनि कहिलेदेखि इन्टर्नसिप शुरु हुन्छ भन्ने टुंगो नलागेपछि उनीहरूले प्रदर्शन गरेका हुन्।

२०१४ ब्याचका विद्यार्थीहरूले आवेदन दिएको दुई महीना भए पनि इन्टर्नसिप शुरु भएको छैन। ‘हाम्रो इन्टर्नसिप कहिले शुरु हुन्छ ?’, ‘इन्टर्न डाक्टरको भविष्यमाथि खेलबाड गर्न पाइँदैन’ लगायत पम्पलेट उनीहरूले बोकेर प्रदर्शन गरेका थिए।

सन् २०१३ र २०१४ बाट चीनमा एमबीबीएसको पढाइ सकेर इन्टर्नसिप शुरु गरेका १५५ विद्यार्थी छन् भने १४० जना विद्यार्थीको ६ महीनाभन्दा कम मात्रै इन्टर्नसिप बाँकी छ।

इन्टर्नसिपकै लागि २० महिना पर्खाइ, करिअर नै धरापमा !


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप फिचर

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved