काठमाडौं। नेपाली कांग्रेसको जिल्ला कार्यसमितिमा निर्वाचन लड्न महाधिवेशन प्रतिनिधिमा पराजित भए पनि फरक नपर्ने भएको छ। जिल्ला कार्यसमितिको सभापति बाहेक अन्य पदमा उम्मेदवार हुनको लागि महाधिवेशन प्रतिनिधि अनिवार्य नरहेको कांग्रेस निर्वाचन समितिले जनाएको छ।
मंगलवार निर्वाचन समितिका संयोजक महादेव यादवले सबै जिल्लाका निर्वाचन अधिकृतहरुलाइ परिपत्र पठाएको जानकारी गराए। उनले महाधिवेशन प्रतिनिधिमा पराजित व्यक्ति जिल्ला कार्यसमितिको सभापतिबाहेकका पदमा उम्मेदवार हुन पाउने बताए।
तर, यो नियम दुई वा दुईभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएका जिल्लामा मात्रै लागू हुनेछ। निर्वाचन निर्देशिकामा एक पदमा हारेको व्यक्तिले अर्को पदमा उम्मेदवारी दिन नपाउने नियम छ।
पार्टीको विधानमा स्पष्ट व्यवस्था नभएको गुनासो जिल्लाबाट आएपछि निर्वाचन समितिले महाधिवेशन प्रतिनिधिमा पराजित भए पनि जिल्ला सभापतिबाहेक अन्य पदमा उम्मेदवारी दिन पाउने गरी सर्कुलर गरेको हो।
Facebook Comment
Comment