काठमाडौं। नवौं महाधिवेशनमा महासचिवमा हारेका सुरेन्द्र पाण्डे यसपटक पनि त्यही पदका आकांक्षी हुन्।
माधव नेपालले बेग्लै दल बनाउनुअघि त्यो समूहमा रहेर ओलीको धुँवाधार विरोध गर्ने पाण्डेको बोलीमा अहिले देखिने तहको बदलाव आएको छ। व्यक्तिपूजा र पार्टीको दक्षिणपन्थी यात्रालाई जसरी पनि अनुमोदन गर्नुपर्ने कुरामा उनी दृढ देखिन्छन्। महाधिवेशन आयोजनाको नेतृत्वको सहायक भूमिका पाएका पाण्डेसँग नेपालभ्यूजकर्मी पुरुषोत्तम पौडेलले ८ मंसीरमा गरेको अन्तर्वार्ताको सम्पादित अंशः
१० औँ महाधिवेशनपछि हामीले सुरेन्द्र पाण्डेलाई महासचिव भनेर सम्बोधन गर्न पाउँछौ ?
तपाईँहरूको आशा सकारात्मक होस्। तर, अहिले टुङ्गो लागेको छैन। अहिले पनि हामी नेतृत्व सर्वसम्मतले टुङ्ग्याउन सकिन्छ कि भनेर छलफलमै छौ। यसपालिको पार्टीको आवश्यकता पनि नेतृत्व सर्वसम्मत हुनुपर्छ भन्ने छ। अहिले पार्टी संकटमा भएका बेला सर्वसम्मत हिसाबले नेतृत्व छान्न सकिए किचलो हुदैनथ्यो। त्यहीभएर देशभरिबाट प्रतिनिधि पनि सर्वसम्मतिबाट चुनिएर आएका छन्।
अध्यक्ष केपी शर्मा ओलीले जो चुनिएर आएपनि मेरो महासचिव हुनहुन्छ भन्नुभएको छ। आकांक्षीहरू पनि देखिएका छन्, कसरी सर्वसवम्मत होला र ?
विरोधीहरूको विपक्षीहरूसँग प्रतिद्वन्द्वी तर प्रतिस्पर्धा हुन्छ। तर मित्रहरूभित्र, पार्टीभित्र, साथीहरूभित्र मूल रुपले समझदारी हुन्छ। एकता हुन्छ। बाहिर प्रतिस्पर्धा गरे पनि भित्र समझदारी हुन्छ। समझदारी बनाउने कुरा पनि लोकतान्त्रिक कुरा हो। पार्टीलाई समझदारीले राम्रो बनाउँछ भने यसैलाई सबैभन्दा बढी लोकतान्त्रिक भन्नुपर्यो। प्यानल बनाउँदा पनि पार्टी नोक्सानी गर्छ भने खराब कुरा हो। यसैले सकभर हाम्रो पहिलो प्रयास एकताको लागि समझदारी जुटाउने हुनेछ। अध्यक्षले जो कोही निर्वाचित भएर आउँछन् वा सहमतिमा आउँछन् ती सबैचाहिँ आफ्ना मान्छे हुन् भन्नुभएको हो।
पार्टीले सैद्धान्तिक आधारचाहिँ छोड्दै व्यक्ति व्यवस्थापनमै अल्झियो त ? पहिलो विधान महाधिवेशनमा पार्टी एमाले क्याडरबेस पार्टीबाट मासबेस पार्टीमा गयो भन्ने भनियो। संगठनलाइै प्रमुख मान्ने पार्टी अब सङ्गठनलाई छाडेर व्यक्तिलाई प्रधान मान्न थाल्यो ? के भन्नुहुुन्छ ?
नेकपा एमाले क्याडर बेस पार्टी नै हो। तर यत्रो ३५ लाख भोट ल्याउने पार्टी मासबेस पनि। सँगै यो मासलाई डोहोर्याउने काम कार्यकर्ताले गर्छन्। नेताको प्रचार गर्दा नेताको व्यक्तित्वलाई बाहिर ल्याउँदा चाहिँ व्यक्तिमुखी भयो टिप्पणी गर्ने गरेका छन्।
प्यानल बनाउँदा पनि पार्टी नोक्सानी गर्छ भने खराब कुरा हो। यसैले सकभर हाम्रो पहिलो प्रयास एकताको लागि समझदारी जुटाउने हुनेछ। अध्यक्षले जो कोही निर्वाचित भएर आउँछन् वा सहमतिमा आउँछन् ती सबैचाहिँ आफ्ना मान्छे हुन् भन्नुभएको हो।
मलाई त्यस्तो लाग्दैन। कहिले काँही नेताहरू बढी चर्चामा हुने गर्छन्। जस्तो कि चीनमा माओको प्रचार भएन र? तर चिनियाँ कम्युनिस्ट पार्टीलाई कहिल्यै पनि व्यक्तिमुखी पार्टी भनिएन नि। भनियो र? लेनिन, स्टालिनको प्रचार भएन र? रुसका अरू नेताको प्रचार भएन र? तिनीहरू व्यक्तिवादी भए त? प्रमुख नेताको हैसियतमा उसको चर्चा हुने गर्छ। नेताको निर्देशन मानेर हिँड्दा नेताको पछि लागेको होइन पार्टीको पछि लागेको हो। अरू दलमा पनि नेताको निर्देशन मान्छन् कि मान्दैनन्? मान्छन् नि।
त्यसलाई व्यक्तिमुखी भन्न पाइयो र ? हो, हामी विचार सिद्धान्त छाडेर व्यक्तिको प्रचारमा गर्यौ भनेचाहिँ हामी व्यक्तिवादी भएर जान्छौं।
गत वर्षको मंसीर ६ गते यही चितवनमा तपाईं कार्यक्रममा आउँदाखेर पार्टी कार्यकर्ताबाटै तपाईंविरुद्ध नाराबाजी भए। त्यतिखेर तपाईंले ‘यो प्रवृत्ति मैले इतिहासमा पनि देखेको थिए। र मेटिएको पनि देखेको छु। र यो प्रवृत्ति पनि मेटिने छ’ भन्नुभएको थियो। के भएको हो, त्यो बेला ?
त्यो सामान्य कुरा हो। त्यस बेला मिडियाले धेरै ठुलो रुपमा चर्चा गरे। मेरो कार्यक्रममा हल्ला गर्ने नेतृत्व तहका मान्छेहरू पनि थिएनन्। ती सामान्य मान्छेहरू थिए। न उनीहरू व्यक्तिगत रुपमा प्रतिद्वन्द्वी थिए। यस कारण मैले विरोध गर्नुपर्ने छैन, सामान्य घटना हो भनेर भनेको थिएँ। र मेरो नाम लिएर कतिपयले टिप्पणी गरे होला। तर मैले केही भनिन।
अदालतले परमादेश दिनुअघि तत्कालीन रुपमा मानिआएको पार्टीको नेता माधवकुमार नेपालको पक्षमा हुनुहुन्थ्यो। विभाजनमा साथ दिनुभएन ? यता बस्दा केले प्रेरित गर्यो ?
हामीले हिँडिरहेको बाटो ठिक हो कि होइन भन्ने बहस हुने नै थियो। हाम्रो उद्देश्य के त? पार्टी एकता कि विभाजन? मैलै यही प्रश्न राखेको थिए। एकता चाहेको भए एकताको बाटोमा लाग्नुर्यो। होइन भने विभाजनमा लाग्नुर्यो। जुन कामले पार्टी विभाजन गर्छ भने त्यो काममा नलागौँ भनेर मैले भनेको थिए। त्यही सिलसिलामा १० बुँदे सहमति गरेका थियौं। हामीले जिन्दगीभर बनाएको पार्टीबाट बाहिरिएर जाने भन्ने हाम्रो मनसाय थिएन।
तर, तपाईहरू ओलीको क्रियाकलापबाट असन्तुष्ट र निराश त हुनुहुन्थ्यो नि, होइन ?
हामी किन निराश हुने? निराश भए यसरी दशौँ महाधिवेशनको तयारीमा किन उत्साहका साथ जुट्थ्यौ होला? म व्यवस्थापनको सहसंयोजक छु।
अब महाधिवेशनपछि आएको नेतृत्वमा यहाँहरूको पहिला संस्थापन इतर पक्षमा रहेकाको अंकगणित मिलेन भने यहाँहरूले पार्टी छाडेर जानुहुन्छ रे भन्ने चर्चा पनि छ नि?
त्यो बिलकुल गलत हो। पार्टी विरोधीले चलाएको हल्ला हो। हामी जत्तिको नेताले सबै कुरा सोची सम्झेर एक्सन लिने गछौं। हाम्रो पार्टी विभाजन गर्न भएको षड्यन्त्रबाट टाढा हुनुपर्छ भन्ने हामीलाई लागेको छ। कुन अवस्थाबाट सचेत हुने भन्ने हामीलाई थाहा छ। एकता जोगाउन हामी लागेका छौँ।
पुस ५ गते संसद विघटन भएपछि दुई खेमामा शक्ति प्रदर्शन भए। त्यो बेलामा यहाँले प्रचण्ड नेपाल समूहको महासचिवको हैसियतमा सभालाई सम्बोधन गर्नुभएको थियो। त्यतिबेला ओलीविरुद्ध जे बोल्नुभएको थियो। त्यो सच्चियो अहिले?
त्यो एउटा पार्टी विवादको उत्कर्ष थियो। म त टेक्निकल हिसाबले महासचिव होइन। तर महासचिवमा त करिब करिब निर्वाचित नै भइसकेको थिए। त्यो पार्टी विवादमा मात्र मैले महासचिवको भूमिका खेलेको होइन। पहिल्यैदेखि सम्पूर्ण नेता कार्यकर्ताले महासचिवकै लेभलमा स्विकारेको व्यक्ति थिएँ म। प्राविधिक कारणले महासचिव हारे पनि मैले भने विभाजित पार्टीको महासचिव भएर जाने चेष्टा गरिनँ। त्यो पार्टीको विवादको एउटा क्लाइमेक्स थियो। अब त्यस्तो अवस्था नआओस् भनेर हामी अघि बढ्नुपर्छ। पार्टीको कलहबाहिर जान दिन नहुने पक्षमा हामी सचेत छौँ।
हामी जत्तिको नेताले सबै कुरा सोची सम्झेर एक्सन लिने गछौं। हाम्रो पार्टी विभाजन गर्न भएको षड्यन्त्रबाट टाढा हुनुपर्छ भन्ने हामीलाई लागेको छ। कुन अवस्थाबाट सचेत हुने भन्ने हामीलाई थाहा छ। एकता जोगाउन हामी लागेका छौँ।
वैचारिक, राजनीतिक कुरामाचाहिँ एमाले किन दरिद्र हुँदै गएको ?
नीतिगत बहस भनेको सडकमा बहस हुने होइन। अनि सधैँ बहस मात्रै गरिरहने कुराको पनि औचित्य हुन्न। किन बहस गर्ने ? चिनियाँ कम्युनिस्ट पार्टीमा कहाँ छ बहस ? त्यत्रो प्रगति गरेको छ। हाम्रा त बढी बहस भएर बिग्रिएको छ। यस कारण बहस गर्नाले मात्रै राम्रो हुन्छ भन्ने धारणा गलत छ।
बहस गर्ने तरिका हुन्छ। पार्टीको दायराभित्र हुने बहसले नै पार्टी परिपक्व बनाउँछ। तर पत्र पत्रिकामा लेखेर चर्चा सुनेर ती त्यत्तिचाहिँ बढी वैचारिक हुन् भन्ने कुराले अर्थ राख्दैन। त्यसले पार्टी सच्चाउन होइन प्रचारका लागि मात्रै सीमित हुन्छ। हरेक पाँच वर्षको महाधिवेशनमा नयाँ विचार ल्याउँदै पर्छ र? किन नयाँ र फरक परिस्थिति आएमा एकै वर्षमा पनि परिमार्जन गर्न सकिन्न र? तर, जसले नयाँ विचार ल्याउँछ त्यो नेता बन्छ भन्ने भ्रमले कनीकुथी भए पनि नयाँ विचार ल्याउने अवस्था राम्रो होइन।
चीनमा हेर्नुस् न मार्क्सावाद भन्छन्, माओवाद भन्छन् अहिले सीजीनपिङको आफ्नै धारणा छ। ती जम्मैको कुराहरूलाई जोडेर गएको देखिन्छ। हरेक संस्करणहरू गइरहेका छन्। पुरानालाई गाली गरेका पनि छैनन्। हामीकहाँ पनि यस्तो हुन सक्दैन र ? अलगै विचार ल्याएको भनिरहनुपर्छ? पर्दैन जस्तो लाग्छ मलाई।
बढी बहस गर्ने रसियनहरू कम्युनिस्ट पार्टी कोल्याप्स गरेर टुक्रा टुक्रा पारिसके। बढी बहस गरेर पार्टी बलियो हुँदैन। काममा एकरूपता र एकता हुनुपर्छ। रियल समस्यामा मात्रै छलफल हुनुपर्छ। बहसमा सीमित हुने पार्टीले प्रगति गर्दैन।
संस्थापनसँग फरक मत राखेका एमालेमा रहने आधार १० बुँदे सहमति थियो। २ जेठ २०७५ मा फर्काउने सहमति थियो। कार्यान्वयन भए त?
कतिपय ठाउँमा कार्यान्वयनमा कमी रहे। किन जेठ २ मा फर्कनुपर्छ भनियो भने ९ औँ महाधिवेशनबाट निर्वाचित भएर आएकालाई यथावत् अवस्थामा फर्काउनका लागि हो। अब हामीले महाधिवेशन र्नै गर्दै छौ। महाधिवेशन भएपछि पुरानो नेतृत्व रहँदैन। नयाँ शिराबाट पार्टी अघि बढ्छ। नयाँ आउने नयाँ नेतृत्वमा रहन्छन्। कोही बिदा हुन्छन्। तलतलका संरचना पनि नयाँ भइसके। यस कारण हामी जेठ २ को कुरा उठाउनु आवश्यक छैन। अब विचार सिद्धान्त कार्यान्वयन भए कि भएनन् हेर्ने हो।
तर, भीम रावललगायतले चाहिँ कार्यान्वयन भएन भनेर भनिरहनुभएको छ नि ?
हो, उहाँले खासखास जिल्लामा भएन भनेर भन्नुभएको हो। त्यो समस्या अझै होलान्। ती समस्या अब १० बुँदेको दायराबाट होइन। नेकपा एमालेको केन्द्रीय कमिटीले छलफल गरेर टुङ्ग्याउनुपर्छ।
तपाईंले सोधेजस्तो पुस ५ गते अध्यक्ष ओलीसँग रहेका नेताहरूपनि अबको १० औँ महाधिवेशनमा केन्द्रीय कमिटी नपाउलान्। अनि उनीहरू अध्यक्षविपरीत जान सक्लान् नि। उता माओवादी छाडेर पनि यता आएका छन्। उहाँहरू नयाँ केन्द्रीय सदस्यमा नपर्न पनि सक्लान्। उनीहरूका असन्तुष्ट आए भने कसको समस्या भनेर छलफल गर्ने ? एमालेकै समस्या हो भनेर छलफल गर्नुपर्ने होइन ?
तपाईंले सोधेजस्तो पुस ५ गते अध्यक्ष ओलीसँग रहेका नेताहरूपनि अबको १० औँ महाधिवेशनमा केन्द्रीय कमिटी नपाउलान्। अनि उनीहरू अध्यक्षविपरीत जान सक्लान् नि। उता माओवादी छाडेर पनि यता आएका छन्। उहाँहरू नयाँ केन्द्रीय सदस्यमा नपर्न पनि सक्लान्। उनीहरूका असन्तुष्ट आए भने कसको समस्या भनेर छलफल गर्ने ? एमालेकै समस्या हो भनेर छलफल गर्नुपर्ने होइन ?
विधान महाधिवेशनले धेरै विषय टुङ्गो गरिसकेको छ। तर पनि यो नेतृत्व चयनको महाधिवेशनपछि पार्टीको मूल उद्देश्य कार्यदिशा के हुन्छ त?
नेकपा एमालेको एक मात्र अर्जुन दृष्टि छ। आउँदो चुनाव जित्नुपर्छ। नेकपा एमाले विरुद्धको जुन मोर्चाबन्दी छ त्यो असफल पार्ने हो। त्यसको लागि आवश्यक नीति योजना सङ्गठन बनाउँछौँ। र कार्यान्वयन गर्छौ। विधान महाधिवेशनले विचार र विधि दिएको छ। र आइपर्ने मुद्धाहरूमा त्यति बेलाकै केन्द्रीय कटिमिले निर्णय गर्छ।
निर्वाचनमा जाँदा पार्टीको केही वैचारिक आधारभूमि त हुनुपर्ला नि ?
हाम्रो पार्टीले समृद्ध नेपाल, सुखी नेपालीको आधार भूमि तयार गर्ने लक्ष्य लिएको छ। यो समाजवादको लक्ष्य हो। समाजमा पछि पारिएका, पाखा परिएका हेपिएका वर्ग समुदायलाई माथि उठाउने चाहना हो। देशभित्र रोजगारी नपाएर बसेका, बाहिर गएकाहरू धेरै छन्। स्वदेशमै रोजगारी सृजन गर्ने, उद्योग धन्दा खोल्ने, उत्पादन वृद्धिको नीति लिने, पूर्वाधार निमाणमा बढी जोड दिने र रोजगारीको अवसर सिर्जना गर्ने र जनतालाई सेवा दिने लक्ष्य हो। शिक्षालाई सर्वसुलभ बनाउने। गरिबका छोराछोरीहरू समेत राम्रो शिक्षा दिएर डाक्टर इन्जिनियर प्रोफेसर बनायो भने बाउ गरी भए पनि छोराछोरी सम्पन्न हुन्छन्। भने पनि सबैभन्दा ठूलो शिक्षा नै हो।
अब पनि पार्टीमा नेतृत्व पुरानै पुस्ताले गर्ने देखिन्छ। नयाँ पुस्ता नआई यहाँले भनेका सबै कार्यभार पूरा गर्न सम्भव छ त?
पुराना पुस्ताले कामै नगर्ने भन्ने होइन। उमेर कति छ भन्ने होइन विचार के अघि सार्छ भन्ने हो। युवाले पनि विचार चिन्तन अघि सार्दैन भने त्यो काम छैन। पुराना पुस्ताले पनि नयाँ पुस्ताका विचारअनुसार काम गर्नेछ। हो, ज्येष्ठ नागरिक भएपछि सोच्ने शक्तिमा ह्रास आउन सक्ला। त्यसमा उसले अरू विषयमा योगदान दिन सक्ला। यसमा पनि हामीले उमेरहद कायम गरेका छौँ। विचारमा नयाँपन ल्याउन विचारमा पनि बहस गरेका छौँ। मार्क्स ३० वर्ष हुँदा घोषणा पत्र लेखे। विचारमा नयाँ चिन्तन दिए। कैँयौ देशमा भने नयाँभन्दा पाका पुस्ताले विचार ल्याएका छन्। हामी नयाँ विचारलाई खोतल्दै जान्छौँ। यसमा उमेरले मात्र गर्दैन।
यहाँले एमालेले गरिब उत्पीडितको लागि कार्यक्रम अघि सार्छ भन्नुभयो। तर, महाधिवेशनमा पछि पारिएका वर्गहरूको कति प्रतिशत जति प्रतिनिधि छन् ?
हामीले सबै वर्गबाट प्रतिनिधित्व गराएका छौँ। तर सबै डाटा आइसकेको छैन। झन्डै ६ सय १५ जना महिला छन्। ३ सय जना दलित समुदायका छन्। मधेशी, थारू, मुस्लिम, महिला, पिछडिएको क्षेत्रको प्रतिनिधित्व छ। २ सय २५ सदस्यमा ७४ जना महिला हुनुपर्ने केन्द्रीय कमिटी बनाउने छौँ।
तर, नेतृत्वमा भने किन ती पिछडा वर्ग हुँदैनन्। महाधिवेशनको आयोजक मण्डलमा पनि समानुपातिक हिसाबमा गरिएको छैन नि?
यो केही समयको लागि मात्रै बनाइएको संगठन हो। यो बन्द सत्रसम्मको लागि हो। त्यसपछि जिम्मेवारी निर्वाचन मण्डललाई जान्छ। यो अध्यक्ष मण्डलमा को को गयो, को को गएन भन्ने कुराले ठूलो अर्थ राख्दैन।
उसो भए पदाधिकारीमा चाहिँ पछि पारिएका वर्गहरू सबैको प्रतिनिधित्व हुन्छ त?
यो गलत बुझाइ हो। केन्द्रीय कमिटी सबै पार्टी नेतृत्व हो। पदाधिकारीका १५ जना नेता अरूचाहिँ होइन भन्ने गलत बुझाइ हो। हामीले अवसरमा अघि बढाउने हो। अध्यक्षले पनि अरूको हकहितको कुरा गर्छ।
यो पटकको महाधिवेशनबाट पार्टीमा दक्षिणपन्थी विचार हाबी हुन लागेको हो? धेरै नेताहरूलाई मन्दिर नगई भएको छैन। विचारभन्दा धार्मिक प्रचार बढी देखिन्छ नि ?
नेपालको सन्दर्भमा नेपाली कांग्रेसले पुँजीवादी विचारको प्रतिनिधित्व गर्छ। तर ऊ प्रजातान्त्रिक र समाजवाद भन्छ। तर, उ समानताको सिद्धान्त र वितरणमा सबैको पहुँच हुनुपर्छ भन्ने विषयलाई मान्दैन।
तर, कांग्रेससँग मिलेर समाजवादको आधार तयार गर्ने जुन गठबन्धन छ त्योचाहिँ दक्षिणपन्थी हो। त्यो पो दक्षिणपन्थी हो। कस्तो आर्थिक, राजनीतिक प्रणाली बनाउने भन्नेको विवाद भएका दलबीचको एकताले नेपालको हित गर्ला ? त्योचाहिँ नकारात्मक पक्ष हो। हाम्रो महाधिवेशनमा यस्ता प्रवृत्तिविरुद्ध लड्छौँ।
चितवन क्षेत्र नम्बर ३ मा उम्मेदवारी दिँदै आएका राप्रपा नेता विक्रम पाण्डेलाई एमालेमा प्रवेश गराउने चर्चा छ नि ?
तपाईंले के बुझ्नुहोस् भने, जो कोही एमालेमा आउँदा उ एमाले भएर आउने हो नि? यहाँ अर्का बद्री तिमल्सीना भन्ने हुनुहुन्थ्यो, राप्रपाका जिल्ला अध्यक्ष उहाँ माओवादीमा जानुभयो। यसैले आफ्नो विचार बदलेर अर्को पार्टीमा जान पाइन्छ। यस्ता धेरै घटना छन्। बीपी कोइराला पनि पहिला मार्क्सवादको प्रशंसक थिए। गिरिजा कोइराला पनि मजदुर आन्दोलनमा सहभागी भएर मार्क्सवादनिकट हुनुहुन्थ्यो। मान्छेले आफ्ना विचार बदल्न सक्छ। यसलाई अन्यता दिनुहुँदैन।
यहाँको पूर्वअध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मेराविरुद्ध एमालेले महाधिवेशन गर्दै छ भनेका छन्। यो प्रचण्डविरुद्ध महाधिवेशन हो ?
मलाइ अचम्म लाग्यो। कति डरपोक रहेछन् प्रचण्ड। प्रचण्डलाई हेरेर हामीले चितवनमा महाधिवेशन राख्या हो र? उहाँको मन डराएको हो। ७७ वटै जिल्लामा एमाले छ नि। जहाँ पनि महाधिवेशन गर्न सकिन्छ। अरू जिल्लामा गएर महाधिवेशन गरेको भए पनि त्यहाँ अरू दलको सङ्गठन नेता हुन्थे। के त्यहाँ पनि नगर्ने। कि अरू देशमा गएर महाधिवेशन गर्नुपर्याे। त्यस्तो हुन्छ र? हाम्रो अध्यक्ष ओलीले त आफ्नै गृहजिल्ला झापामा आएर महाधिवेशन गर्नुहोस् भन्नुभयो। म खुसी हुन्छु भनेर भन्नुभएको थियो। एक जिल्लामा प्रचण्डले चुनाव जित्नुभयो भन्दैमा त्यहाँ अरू दलले महाधिवेशन गर्नै हुँदैन र?
अबको महासचिवमा तीन जना प्रतिस्पर्धी छन् भनिन्छ। शङ्कर पोखरेल, विष्णु पौडेल र सुरेन्द्र पाण्डे। तपाईंलाई चाहिँ अरूभन्दा फरक कसरी मान्ने?
म व्यक्तिगत रूपमा केही भन्न चाहन्नँ। हामी तीनै जनाको अलग-अलग क्षमता छ। हामी सबै एकै पार्टीका हौँ। हाम्रो इतिहास पनि भिन्नभिन्न छ। फेरि तीनै जनाले उम्मेदवार हुने घोषणा गरेको पनि होइन। यहाँले यो कुरा कोट्याइदिएकाले मात्र मैले भनेको हुँ। तर, जे भए पनि हामी यो पार्टीको नेता हौँ। सर्वसम्मत हुनुपर्छ र होस् भन्ने चाहना हो। यो तीन जना नहुन पनि सक्छ।
तर, कांग्रेससँग मिलेर समाजवादको आधार तयार गर्ने जुन गठबन्धन छ त्योचाहिँ दक्षिणपन्थी हो। त्यो पो दक्षिणपन्थी हो। कस्तो आर्थिक, राजनीतिक प्रणाली बनाउने भन्नेको विवाद भएका दलबीचको एकताले नेपालको हित गर्ला ? त्योचाहिँ नकारात्मक पक्ष हो। हाम्रो महाधिवेशनमा यस्ता प्रवृत्तिविरुद्ध लड्छौँ।
पार्टी स्थापनाको पहिलो घोषणापत्रमा ‘श्रमजीवी जनताको सर्घषमा सहभागी भन्ने, संगठित गर्न अघि बढ्ने’ भन्ने रहेछ। अहिले १० औँ महाधिवेशनसम्म आइपुग्दा कति सफल भयो त?
धेरै सफल भएका छौँ। २००६ सालमा नेकपा जन्मँदा कति उद्योग थियो? अहिले कति छन् ? श्रमिक र किसानहरू कति थिए? अहिले कति छन्? अहिले ३० लाख जनता श्रमिक छन्। नेपाल सरकारका कर्मचारी आफूलाई पनि श्रमिक मान्छन्।
वैदेशिक रोजगारीमा गएकाहरू आफूलाई श्रमिक मान्छन्। यस यसबीचमा धेरै ठूलो गरिबी हट्यो। ७० प्रतिशतभन्दा बढी जनताहरू बिहान-बेलुका खान पाउने अवस्थामा पनि थिएनन्। कपडा लगाउन पनि पाउने थिएनन्। जडौरी लगाउन माग्न हिँड्ने चलन थियो। हामी केटाकेटी हुँदा जडौरी माग्न हिँडेको देखिन्थ्यो।
आज कसैले पनि त्यो लगाउँदैन। चेपाङ गाउँमा गएका थियौ, त्यहाँ के भने भने एक पटक लगाएर फुकालेर दिए पनि मलाउँदिन भने। बजारबाट किनेर नयाँ दिएमा मात्र कपडा लगाउँछौँ नत्र लाउँदैनन् भने। हिजोकोभन्दा आज धेरै गरिबी हटेको छ।
Facebook Comment
Comment