डुबानमा परी यूएईमा एक नेपालीको मृत्यु

नेपालभ्युज

डुबानमा परी यूएईमा एक नेपालीको मृत्यु

काठमाडौं । भिषण वर्षाका कारण डुबानमा परी यूएईमा एक नेपालीको मृत्यु भएको छ ।

राजधानी आबुधाबीस्थित नेपाली दुतावासका अनुसार चितवन भरतपुरका मोहन पुनको डुबानमा परी मृत्यु भएको हो ।

शारजाहबाट अजमान जाने बाटो रहेको पुल नजिक उनी डुबानमा परी मृत्यु भएको दुतावासले जनाएको छ ।

उनी सोही स्थानमा रहेको वेल क्याफे रेष्टुरेन्टमा काम गर्ने गरेका थिए । पुन भिजिट भिसामा युएई पुगेको दुतावासले जनाएको छ ।

युएईमा दुई दिनदेखी परेको वर्षाका कारण बाढी आई रहेको छ । बाढीका कारण युएईका सरकारी कार्यलय बन्द रहेको दुतावासले जानकारी दिएको छ ।

सरकारी कार्यलय बन्द भएका कारण मृतकको विषयमा थप जानकारी लिन नसकिएको दुतावासले बताएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved