सुदूरपश्चिमको मुख्यमन्त्रीमा सोडारीले गरे दाबी पेस, एमालेको समर्थन

नेपालभ्युज

सुदूरपश्चिमको मुख्यमन्त्रीमा सोडारीले गरे दाबी पेस, एमालेको समर्थन

काठमाडौं । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेकपा एकीकृत समाजवादीका दीर्घ सोडारीले दाबी पेस गरेका छन् ।

बिहीबार दिउँसो नेकपा एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादी र नागरिक उन्मुक्ति पार्टीको समर्थनमा सोडारीले मुख्यमन्त्रीमा दाबी पेस गरेका हुन् ।

यसअघि मुख्यमन्त्रीमा दाबी पेस गर्ने तयारी गरेका सोडारी एमालेको समर्थन नपाउँदा दाबी पेस गर्नबाट रोकिएका थिए । बुधबार एमालेले सोडारीलाई मुख्यमन्त्रीमा समर्थन नगर्ने अडान लिएको थियो ।

बिहीबार दिउँसो एमाले संसदीय दलका नेता राजेन्द्र रावलले मुख्यमन्त्रीमा सोडारीलाई समर्थनको पत्र दिएका थिए ।

प्रदेश प्रमुखले दिएको समयको अन्तिमतिर एमालेले समर्थन दिएपछि सोडारी मुख्यमन्त्रीमा दाबी पेस गरेका हुन् । प्रदेश प्रमुख नजिर मियाँले दाबी पेस गर्न बिहीबार साँझ ५ बजेसम्मको समय दिएका थिए ।

मुख्यमन्त्रीका लागि दाबी पेस गर्ने अन्तिम दिन बिहीबार एमालेका अध्यक्ष केपी शर्मा ओली, प्रधानमन्त्रीसमेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एसका अध्यक्ष माधवकुमार नेपालबीचको छलफलमा सोडारीकै नाममा सहमति जुटेपछि एमालेले पनि मुख्यमन्त्रीमा उनलाई सघाउने भएको हो।

सुदूरपश्चिममा कांग्रेसका १८, माओवादी केन्द्रका ११, एमालेका १०, नागरिक उन्मुक्तिका ७, एकीकृत समाजवादीका ४, राप्रपाका एक र एक जना स्वतन्त्र प्रदेश सभा सदस्य छन्।

प्रदेशमा मुख्यमन्त्रीका लागि २७ प्रदेश सभा सदस्यहरूको समर्थन आवश्यक हुन्छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved