पाइलटबाबा आश्रम नजिकबाट जङ्गलमा फैलिएको आगो ४ दिनपछि नियन्त्रणमा

नेपालभ्युज

पाइलटबाबा आश्रम नजिकबाट जङ्गलमा फैलिएको आगो ४ दिनपछि नियन्त्रणमा

काठमाडौं । भक्तपुरको सूर्यविनायकस्थित जङ्गलमा लागेको आगो चार दिनपछि नियन्त्रणमा आएको छ । पाइलटबाबा आश्रम नजिकबाट जङ्गलमा फैलिएको आगो सूर्यविनायक–८ सिपाडोलसम्म फैलिएको थियो ।

चार दिनको प्रयासपछि आगो नियन्त्रणमा आएको सूर्यविनायक नगरपालिकाका प्रवक्ता एवं सूर्यविनायक‐७ गुण्डुका वडाध्यक्ष रवीन्द्र सापकोटाले बताए ।

भक्तपुरका प्रमुख जिल्ला अधिकारी रोशनीकुमारी श्रेष्ठले भक्तपुरको जुद्ध वारुण यन्त्र, काठमाडौं र ललितपुरबाट मगाएको दमकल, नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी, स्थानीयवासी, जनप्रतिनिधिलगायतको प्रयासका कारण आगो नियन्त्रणमा आएको बताए ।

आगोका कारण मानविय क्षती नभएपनि जङ्गली जनावर र चराचुरुङ्गी मरेका छन् ।
धुँवाले गाउँ टोलमा तुवालो लागेजस्तै भएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved