मुख्यमन्त्री कार्कीलाई एमाले-माओवादीको सुझाव : सङ्कल्प प्रस्ताव पारित नहुँदै राजीनामा दिनुस्

नेपालभ्युज

मुख्यमन्त्री कार्कीलाई एमाले-माओवादीको सुझाव : सङ्कल्प प्रस्ताव पारित नहुँदै राजीनामा दिनुस्

विराटनगर । नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) ले कोशी प्रदेश सरकारका मुख्यमन्त्री केदार कार्कीलाई सङ्कल्प प्रस्ताव पारित नहुँदै राजीनामा दिनु सुझाव दिएका छन् ।

बिहीबार बसेको प्रदेशसभा बैठकमा मुख्यमन्त्री कार्कीलाई सङ्कल्प प्रस्तावका प्रस्ताव एमाले प्रमुख सचेतक रेवतीरमण भण्डारीले यस्तो सुझाव दिएका हुन् ।

“संसदीय सर्वोच्चतालाई सम्मान गर्दै मुख्यमन्त्रीजीले सङ्कल्प प्रस्ताव पारित नहुँदै राजीनामा दिँदा राम्रो हुन्छ,” भण्डारीले भने, “संसदीय सर्वोच्चतामा अल्पमतमा परेपछि सरकारमा बस्न मिल्दैन ।”

यस्तै प्रस्तावका समर्थक माओवादी केन्द्रका सांसद गणेश उप्रेतीले पनि यही दोहोर्‍याए । मुख्यमन्त्रीले मार्गप्रशस्त नगर्नु नै अहिलेको समस्या भएको उनले बताए । “मुख्यमन्त्रीजीले मार्गप्रशस्त गर्नेबित्तिकै समस्या सुल्झिन्छ,” उनले भने ।

केन्द्रमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गठबन्धन फेरेसँगै बहुमत गुमाएका मुख्यमन्त्री कार्कीले राजीनामा नदिने बरु सदनको सामना गर्ने अडान छाडेका छैनन् । यसपछि एमाले-माओवादी केन्द्रका सांसदले ‘मुख्यमन्त्रीले विश्वासको मत लिनुपर्ने’ माग गर्दै सङ्कल्प प्रस्ताव दर्ता गराएका छन् ।

उक्त प्रस्ताव आजको प्रदेशसभा बैठकमा टेबल भएको छ । अब बैठक शुक्रबार बिहान ११ बजे बस्दैछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved