बाढीका कारण दुबईको विमानस्थल अस्तव्यस्त, प्रमुख अन्तर्राष्ट्रिय एयरलाइन्सका उडान स्थगित

नेपालभ्युज

बाढीका कारण दुबईको विमानस्थल अस्तव्यस्त, प्रमुख अन्तर्राष्ट्रिय एयरलाइन्सका उडान स्थगित

काठमाडौं । अस्तिको मुसलधारे वर्षाको कारण आँधी र बाढीका कारण संयुक्त अरब इमिरेट्स (यूएई) को मुख्य विमानस्थल अस्तव्यस्त भएको छ । यूएईमा अस्ति ७५ वर्षयताकै ठूलो पानी परेपछि विश्वको दोस्रो व्यस्त विमानस्थल दुबईमा उडानहरु अवरुद्ध भएका हुन् ।

धेरै उडान ढिलाइ, रद्द वा डाइभर्ट भएका छन् । यात्रुहरु समस्यामा परेका छन् । दुबई अन्तर्राष्ट्रिय विमानस्थलले निक्कै ठूलो चुनौतीपूर्ण अवस्थाको सामना गरिरहेको अधिकारीहरुलाई उद्धृत गरी बीबीसीले जनाएको छ ।

हिजो दुबई अन्तर्राष्ट्रिय विमानस्थलमा झण्डै २ सय ९० उडान रद्द भएका थिए । त्यस्तै चार सय ४० भन्दा धेरै उडान ढिला भएका थिए ।

दुबईमा मुख्यालय रहेको प्रमुख अन्तर्राष्ट्रिय एयरलाइन्स इमिरेट्सले आजसम्म यात्रुहरुका लागि चेक–इन स्थगित गरेको जनाएको छ ।

सकेसम्म छिट्टै उडान सञ्चालन गर्ने प्रयास भैरहेको एयरलाइन्सका अधिकारीले जनाएका छन् । विमानस्थलमा ट्याक्सीको लामो लाइन लागेको छ ।
मुसलधारे वर्षा र बाढीले प्रभावित वित्तीय केन्द्र दुबईका ठूला राजमार्ग पनि बाढीले अवरुद्ध भएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved